
नेपाली हरुको माहान चाड पर्वलाइ लक्षित गरि स्थानीय तहले अनुगमनलाई तिब्रता दिएकोछ । पोखरा महानगर पालिका वडा नम्बर ४ ले बजारलाइ ब्यबस्थित र उपभोक्ता मैत्री बनाउन आफ्नो वडा भित्र रहेका ब्यबसायिक फर्ममा सर्बपक्षिय अनुगमन गरेको छ । वडाले विभिन्न ब्यबसायमा असोज २४ र २५ गते १५० भन्दा बडि पसलहरुमा अनुगमन गरेको वडा अधक्ष देबकृष्ण पराजुलिले बताए । 

नगर प्रहरी , जनप्रतिनिधि कर्मचारी सहितको टोलिले गरेको अनुगमनमा दर्ता नगरि ब्यबसाय गर्ने , नवीकरण नगर्ने , म्याद नाघेका समान बिक्री गर्ने पसलका सन्चालकलाइ कानुनी प्रक्रिया पूरा गरि वडामा बोलाइएको बताइएको छ ।
यस्तै उक्त वडामा रहेका दर्ता नरही सन्चालनमा रहेका एजुकेसन कन्सल्टेन्सी लाई तीन दिन भित्र दर्ता गर्न समय दिइएको र नगरेमा बन्द गर्ने बताइएको छ ।वडा भित्र रहेका अधिकास सैलुनहरु दर्ता नगरी सन्चालन गरिरहेको फेला परेका थिए त्यस्ता सैलुनहरुलाइ ब्यबसाय दर्ता गर्न समय दिएको छ भने सडक किनाराका मोटरसाइकल वोर्कसप हरुलाइ नियमानुसार दर्ता गर्न सुझाब दिइएको र नगरेमा कार्बाही गरिने वडा अध्यक्षले बताएकाछन ।स्थानिय पालिका र वडा तहले आफ्ना नागरिक हरुलाइ राहत प्रदान गर्न नियमित छड्के अनुगमन गरि दण्ड र पुरस्कारको नीति ल्याउनु पर्ने आम नागरिकको माग रहेको छ ।४ नम्बर वडाले गरेको बजार अनुगमनका क्रममा भेटिएका कैफियतलाई सुरुमा चेतावनी र पटके पुष्टि भए कारबाही गरिनुपर्ने आवज उठेको छ ।
प्रतिक्रिया दिनुहोस्