२०८२ असार ३२
०६१४४५०००, ९८५६०३३३९१

गल्याङका उपमेयर निलम्बनमा परेपछी न्यायिक समिती के हुन्छ ? वालिङमा पनि बिध्यालयको जग्गा हिनामिना

स्याङ्जाको गल्याङ नगरपालिकाका उपमेयर हेमा न्येउपाने बिरुद्द सहकारीको नाममा सरकारी बजेट दुरुपयोग गरेको आरोप लागि अख्तियारले बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछी उनको पद स्वत निलम्बनमा परेको छ । पालिका भरको योजना अनुगमन र न्यायीक समितिको प्रमुखको जिम्मेवारी समेत बहन गर्नु पर्ने उप मेयर भ्रष्टाचार आरोपमा मुछिए पछि पालिका समस्यामा परेको छ । योजना सम्पन्न हुने अबधिमा पद निलम्बित भएपछी पालिकाको बिकाश निर्माण र न्यायीक समितिका कामहरु अलपत्र परेका छ्न ।
उपमेयर हेमा बिरुद्द २०८०/१२/२७ गते आरोपपत्र दायर भएको थियो । हेमा उपाध्यक्ष रहेको गल्याङको पकवादी कृषी सहकारी सस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय पोखराबाट अनुदान प्राप्त गरि उक्त बजेट हिनामिना गरि राज्यलाई हानी नोक्सानी पुर्याएको आरोप लागेको छ । उपाध्यक्ष हेमा , कृषि निर्देशनालय पोखराका निमित्त प्रमुख निलकन्ठ पोखरेल , कृषि इन्जिनियर बिस्वनाथ पौडेल , कृषी बिज्ञ भानुभक्त भट्टराई , पकवादी सहकारी का अध्यक्ष हरिलाल खनाल , उपाध्यक्ष हेमा न्येउपाने , सचिब पर्शुराम खनाल , कोषाध्यक्ष उमा श्रेस्ठ र जग्गाधनी श्रीप्रसाद श्रेस्ठ लाई बिगो बापत प्रत्येकलाइ रु २८ लाख ३७ हजार कायम गरि मुद्दा दायर गरिएको छ ।उनिहरु बिरुद्द मुद्दा दायर भएपछी अब के गर्ने भन्ने बारेमा गल्याङका मेयर गुरु प्रसाद भट्टराई अन्योलमा परेका छ्न ।उनले भने हामी राय छलफलमा छौ ।

वालिङमा पनि बिध्यालयको जग्गा हिनामिना

गल्याङ  सङ्गै जोडिएको वालिङ नगरपालिका वडा न १० मा रहेको पुर्णामृत भवानी माबिको जग्गा सहकारीको नाममा हिनमिना गरिएको पाइएकोछ। उक्त बिध्यालयको जग्गा वालिङ नपा ८ मा रहेको हरि ज्योति गौरब कृषि सहकारी सस्थाको नाममा २५ बर्षको लागि भाडामा लिएको तर सहकारीले महिनौ देखि भाडा नतिरेको खुलेको छ । मासिक २५ हजार रुपैयाँ दिने गरि २५ बर्षको लागि सम्झौता भएपनी भाड नदिनुमा मिलेमतोको आशका गरिएको छ ।यश बिषयमा अख्तियारले छानबिन गर्न जरुरी रहेको बिध्यालयका कर्मचारीहरु बताउँछन् ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्