२०८२ असार १
०६१४४५०००, ९८५६०३३३९१

दाता सस्था डिएफआइडी बाहिरिएपछी अस्पतालको काम अलपत्र

यदुनाथ बन्जारा

देशकै ठूला सरकारी हस्पिटल भित्र गनिने पश्चिमाञ्चल क्षेत्रीय हस्पिटल पोखरालाइ बेलायत सरकार (डिएफ आइडी )ले दिइएको आर्थिक तथा प्राबिधिक सहयोग रोकिएपछि निर्माणकार्य अलपत्र हुन पुगेको छ । बेलायत सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रेट्रोफिटिङको लागि भन्दै करिब ७५ करोड रुपैयाको आर्थिक तथा प्राबिधिक सहयोग उपलब्ध गराइ रेट्रोफिटिङको टेन्डर मार्फत्त बि स २०७७/०३/२९ गते बिकोइ रौताहा पि के जेभी लाई २५ प्रतिशत घटि भ्याट र कन्टेन्जेन्सी बाहेक ५४ करोड १ लाख९७ हजार६१३ रुपैयाँमा सम्झौता भइ कार्यादेश अगि बढेको थियो ।
२ बर्ष भित्र कार्य सक्ने गरि दिइएको उक्त योजना कोरोनाको दोस्रो भेरिएन्ट्को सिकार भएको बहाना बन्न गै कार्य अधुरै रहेपछी दुई बर्ष पुगेको मिति २०७९/०३/२९ गते बाट लागू हुने गरि १५ महिनाको लागि म्याद थप गरिएको थियो । पछि थपिएको मिति २०८०/०७/२७ गते सम्म पनि अपेक्षित प्रगती हुन नसकेपछी अन्ततोगत्वा हस्पिटल प्रवलिकरण कार्य नै रोकिन पुगेको छ ।
हाल सम्म अस्पतालको भौतिक प्रगती ७० प्रतिशतको वरिपरि पुगेको संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय पोखराले दाबि गरेको छ । निर्माण सहयोगदाता बेलायत सरकारले आफुले दिएको सहयोग रकम ठाउको ठाउँ रोकेर योजनाबाट हात झिके पछि पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलको ३० प्रतिशत बाकी निर्माण योजना अलपत्र भएको छ । ठेकेदार कम्पनिले समयमा काम नसक्दा राज्यले पाएको सुबिधा गुम्न पुगेको हो । दैनिक सैयौ जनाले लिने स्वास्थ्य सेवा जिर्ण भवनबाटै लिनुपर्ने भएको छ ।
बिदेशी दाताले सहयोगको हात रोके पनि जारी योजना पूरा गर्न नेपाल सरकार असक्षम देखिएको छ । स्वास्थ तथा जनशङ्ख्या मन्त्रालयले बजेट सुनिस्चित गरेर योजना पूरा गर्नु त कहाँ हो कहाँ सम्झौता भएका तर काम सुरु नभएका योजना हरु अगि नबढाउन शहरी बिकाश तथा भवन निर्माण बिभाग , स्वास्थ भवन शाखा बबरमहललाई निर्देशनात्मक पत्राचार गरेको पाइएको छ । मन्त्रालयले जारी रहेको रेट्रोफिटिङ कार्यलाइ सक्नु र भवन हस्तान्तरण गर्नु , सुरु नगरेका कामको म्याद थप नगर्नु र कार्य स्थगित गर्नु भन्ने निर्देशनात्मक आदेशले पश्चिमाञ्चल अस्पतालको ३० प्रतिशत निर्माण कार्य अलपत्र परेका छन । आज सम्मको भौतिक प्रगति ७० प्रतिशत भएको भएपनि बित्तीय प्रगती करिब ६५ प्रतिशत मात्र भएको इकाइका तर्फबाट खटिएका साइट इन्जिनियर बिरबल सुनारले बताए ।
धर्मराज दहाल समेतको बिकोइ रौताहा पि के जे भि नामको निर्माण कम्पनीले १५ महिना म्याद थप गर्दा समेत योजना सम्पन्न गर्न नसक्दा अस्पतालको अत्यावश्यक र महत्वपूर्ण सरचनाको निर्माण नहुने निश्चित भएको छ । अस्पतालको डेन्टल ब्लक ,सिटि स्क्यान ,एक्स रे र इसिजी ब्लकको रेट्रोफिटिङ नहुने भएको हो । यस्तै लिन्क करिडोर , र्याम्प पनि नबन्ने भएका छन । यी सबै कार्यको भौतिक भार ३० प्रतिशत रहेको इन्जिनियर बिरबल सुनारले बताए ।
बेलायती सरकारको सस्था डिएफआइडिको सहयोगमा निर्माण भएका प्रसुती भवन , मेडिकल ब्लक ,ओपिडी ब्लक , क्याफ्टेरिया ब्लक, प्रयोगशाला ब्लक, बच्चा वार्ड ब्लक , फार्मेसिं ब्लक ,ओसिएमसी सिओएमसी ब्लक , जनरल किचन,आमा किचन ब्लकको रेट्रोफिटिङ कार्य सम्पन्न गरि हस्तान्तरणको तयारिमा पुगेको छ । इन्जिनियर विर्बल सुनार भन्छ्न “अब दुइवटा ब्लक हस्तान्तरण हुन बाकी छ ।”
।निर्माण कम्पनी बिकोइ रौताहा पिके जेभिका प्रबन्ध निर्देशक धर्मराज दहाल सङ्ग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल उठेन । नेपालमा यो एउटा नमुना मात्र हो अधिकास ठेक्काहरु अलपत्र छन पटकपटक म्याद थप्दा पनि भौतिक प्रगती हुन नसकेको अबस्था छ । यसलाई दन्डहिनताको पराकाष्ठाको रुपमा लिन सकिन्छ । अस्पताल जस्तो सबेदनसिल क्षेत्रमा ठेक्का लिएकाहरुले गर्ने ढिलासुस्तीको कारण हजारौं बिरामिहरुले सास्ती झेल्न परेको छ यसतर्फ राज्यले ध्यान दिई गण्डकी अस्पतालको अपुरो निर्माण पूरा गर्ने तर्फ सोच्न जरुरी छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्