२०८२ जेष्ठ २
०६१४४५०००, ९८५६०३३३९१

पर्स्याङबाट पक्राउ परेका ४ जना जुवाडे २४ घन्टा भित्रै धरौटिमा छुटे

असार १९ गते बुधबार अपराह्न कास्की प्रहरीले पर्स्याङबाट ४ जना जुवाडे पक्राउ गरि बैदाम हिरासतमा राख्यो । करिब बीस हजार नगद सहित पक्राउ परेका पोखरा ५ पर्स्याङका द्रोणराज अधिकारी , पर्स्याङकै राम प्रसाद शर्मा ,पोखरा १ बगरका भानुभक्त अधिकारी ,र पर्बत मोदि २ घर भै पोखरा बस्ने सुर्य भारतीलाई हिरासतमा ल्याए लगत्तै निकाल्न केही नेताहरु बैदाम प्रहरी परिसर पुगेका थिए । तर प्रहरी सन्चार मार्फत पक्राउको खबर तालुक निकायमा पुगिसकेको कारण उनिहरुलाइ छुटाउन प्रहरीले मानेन । केही नेता र शक्तिकेन्द्रले राती अबेला सम्म गरेको पहल ब्यर्थ हुन पुग्यो । पक्राउ परेका जुवाडेहरुलाइ राती मेडिकल गर्न पश्चिमाञ्चल अस्पताल लगियो । यसरी जुवाडे पक्राउ परेको खबर नियमित प्रेसलाई सुचना पठाउने कास्की प्रहरीले बुधबार पक्राउ परेको पर्स्याङ जुवा काण्डको समाचारको सुचना भने पठाएन । त्यही कारण समाचार सम्प्रेषणमा ढिला हुन गयो ।
भोलिपल्ट अर्थात बिहिबार बिहानै बाट बैदाम प्रहरीले फास्ट ट्र्याकमा उक्त जुवा मुद्दाको फाइल अगाडी बढायो ।जिल्ला प्रशासन कर्यालय कास्किबाट सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्दको कसुरमा म्याद थप लिइ सोही दिन बयान कागज तयार गरि मुद्दा अभियोजनको लागि सरकारी वकिलको कार्यालय कास्किमा मुद्दाको फाइल सहित आरोपी समेतलाई पेश गरि सोही दिन अभियोजन तयार गरि अपराह्न जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेश हुदा प्रमुख जिल्ला अधिकारीको इजलासले प्रती ब्यक्ति २५ हजारका दरले धरौटी लिइ थुनामुक्त गरिएका थिए ।
२४ घन्टा भित्र मुद्दा टुङ्याइको यस्तो घटना बिरलै हुन्छ । कास्की प्रहरिमा एसपि मोहन थापाले कमान्ड सम्हाले यता जुवा लगाएतका सामाजिक फौजदारी अपराध नियन्त्रणमा सकृयता देखाउदै आएका छन । यस अघि जेष्ठ ६ गते रत्नचोकबाट नगद १५ हजार २२५ रुपैयाँ सहित पक्राउ परेका ६३ बर्षिय शिव बिक सहितका ६ जना जुवाडेलाइ ८ दिन म्याद थप गरि हिरासतमा राखी मुद्दा चलाइएको थियो । पावर एक्सरसाइज गरेका कारण पर्स्याङ जुवाकान्ड २४ घन्टा भित्रै मुद्दा टुङ्याइ धरौटीमा छुटाइएको छ । पक्राउ परेका मध्य द्रोणराज अधिकारी पोखराका भुतपुर्व वडा अध्यक्ष र पोखराका चर्चित ब्यापारिक घरानाका सदस्य हुन । एमालेमा आस्था राख्ने भएकाले होला सायद उक्त मुद्दा छोट्याउन एमालेका नेता र जनप्रतिनिधि समेत प्रहरिमा धाएका प्रतक्षदर्शीले बताएका थिए ।
कानुन कार्यान्वयनमा पावरले कस्तो प्रभाव पार्छ भन्ने कुरा यो एउटा उदाहरण मात्र हो । त्यही मुद्दा सामान्री मानिसलाइ लाग्दा ८ – १० दिन हिरासत बस्नु पर्छ तर त्यही मुद्दा उहाँहरु जस्ता चल्तापुर्जालाइ लाग्दा २४ घन्टा भित्रै काम तमाम हुन्छ । राज्यले गर्ने यो विभेद अन्त्य हुनुपर्छ , कानुन साना ठुला सबैलाई एउटै हुनुपर्छ तबमात्र कानुनी राजको खास अर्थ लाग्छ ।

प्रतिक्रिया दिनुहोस्