२०८३ जेष्ठ १२
०६१४४५०००, ९८५६०३३३९१

औषधि ब्यबसायी संघ गण्डकी प्रदेशको प्रमाणपत्र बितरण

औषधी ब्यबस्यीहरुको छाता सस्था नेपाल औषधि ब्यबसायी संघ गन्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिलाई पद तथा ओहोदाको प्रमाणपत्र बितररण गरिएको छ । असार १० गते सम्पन्न दोस्रो अधिबेसनबाट सर्बसम्मत निर्बाचित भएका अध्यक्ष ,पदाधिकारी तथा सदस्यहरुलाइ निर्बाचन सयोजक वरिष्ठ अधिबक्ता सुरेन्द्र थापा मगरले प्रमाणपत्र प्रदान गरेका थिए ।


दोस्रो अधिबेशनबाट केशरी प्रसाद तिवारिको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति चयन भएको हो। सर्बसम्म्त निर्बाचित हुने हरुमा अध्यक्ष : केसरी प्रसाद तिबारी
बरिष्ठ उपाध्यक्ष : दयानिधि पौडेल ,उपाध्यक्ष (थोक) :लक्ष्मी नारायण पराजुली ,उपाध्यक्ष(खुद्रा) : धनु देबी पिया ,महासचिव : संजिव देवकोटा क्षेत्री ,कोषाध्यक्ष : सुरेन्द्र कुमार अग्रवालल ,सचिव: संगम बाबु श्रेष्ठ ,उप कोषाध्यक्ष: यज्ञ प्रसाद शर्मा , सदस्य (थोक) :मिलन श्रेष्ठ , सदस्य(थोक) :दुर्गा प्रसाद अधिकारी , सदस्य (खुद्रा) : कमला भण्डारी ,सदस्य(खुद्रा) : चन्द्र राज रेग्मि सदस्य(महिला) : उर्मिला बस्नेत रानाभाट ,सदस्यहरु :नरहरी पनेरु :दिर्घ नारायण मरासीनी ,राम बहादुर बल्कोटी ,र गणेशमान श्रेष्ठ रहेका छन भने अध्यक्षको तर्फबाट नवलपुरका जिबनराज सापकोटालाइ मनोनित गरिएको छ । निबर्तमान अध्यक्ष कृष्ण प्रसाद पान्डे पदेन सदस्य रहने बिधानको ब्यबस्था रहेको छ ।


प्रमाणपत्र बितरण कार्यक्रम निर्बाचन समितिका सयोजक बरिस्ठ अधिबक्ता सुरेन्द्र थापामगरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सन्चालन निर्बाचन समितिका सदस्य पत्रकार श्याम कुवरले र स्वागत मन्तव्य अधिबक्ता बिष्णु प्रसाद लम्सालले गरेका थिए । निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पान्डेले नव निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना ब्यक्त गरेका थिए । नवनिर्बाचित अध्यक्ष केशरी प्रसाद तिवारीले आफ्नो कार्यकालमा संघ र संघमा आबद्द सदस्यहरूको हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्