
एस इ इ परिक्षामा ग्रामिण पालिकाको सामुदायिक बिध्यालयको नतिजा टिठ लाग्दो देखिएको छ । बिध्यार्थी सङ्ख्या कम हुँदै गएका छन तर पनि नतिजामा सुधार हुन सकेको छैन। शहरका केही सामुदायिक बिध्यालयले नतिजा सुधार गरेका छन । पहाडी जिल्लाका पालिकाका कतिपय बिध्यालयको नतिजा हेर्दा सरकारको लगानी बालुवामा पानी हाले जस्तै ब्यर्थ हुन पुगेको देखिन्छ ।
पर्बतको महाशिला गाउँ पालिकाबाट २०८१ सालको एस इ इ परिक्षामा ९६ जना परिक्षार्थी सहभागी भएकोमा जम्मा २६ जनाले मात्र एस इ इ उतिर्ण गरेका छन । यो कुल २७ प्रतिशत मात्र हो । ७३ प्रतिशत अनुत्तीर्ण नतिजा दिने बिध्यालयले राज्यको लगानिमा खेलवाड गरेका छन । ८ वटा माध्यमिक बिध्यालयका जम्मा ९६ जना बिध्यार्थी सहभागी हुनुलाई सामुदायिक बिध्यालय प्रतिको बितृष्णाको रुपमा लिइएको छ ।
महाशिलाको ६ नम्बर वडा फलामखानिमा रहेको मदन आश्रीत माध्यमिक बिध्यालयबाट यो बर्षको नतिजा शुन्य भएको छ । ९ जना सहभागी भएकोमा उक्त बिध्यालयको नतिजा शून्य भएको पाइएको हो । तर महाशिला गाउँ पालिकाका सूचना अधिकारी नर बहादुर बरालले मदन आश्रीत माबिको नतिजामा प्राबिधिक त्रुटि रहेको बताएका छन । गत बर्षको नतिजा अनुसार ८ जना बिध्यार्थिले परीक्षा दिएकोमा ८ जनानै अनुत्तीर्ण भएर शून्य नतिजा ल्याएका थिए । किन शून्य नतिजा आयो त भन्ने हाम्रो जिज्ञासामा बिध्यालयका प्र अ खड्क बहादुर क्षेत्री विभिन्न समस्या तेर्स्याउछन । शिक्षक अभाव , बिध्यार्थी र अभिभावकमा शैक्षिक चेतनाको कमि र गरिबिलाइ कारण देखाउदै नतिजामा असफल हुन पुगेको प्र अ क्षेत्रीले बताए ।
यस्तै महाशिला गाउँ पालिकाको महेन्द्र ज्योति मा बि लुङ्खुका १५ जना बिध्यार्थिले एस इ इ परीक्षा दिएकोमा १ जना मात्र उतिर्ण भएका छन । बालारानी मा बि बालाकोटबाट १५ जनाले परीक्षा दिएकोमा ३ जना मात्र उतिर्ण भएका छ्न भने महेन्द्र उदय माबी भोकसिङका ८ जनाले परीक्षा दिएकोमा जम्मा २ जनाले उतिर्ण गरेका छन । स्वधर्म माबी पाखापानीबाट १० जनाले परीक्षा दिएकोमा २ जनाले मात्र उतिर्ण गरेकाछन । महाशिला गाउँ पालिकाको सुर्य माबी होश्राङ्दी पलिकामै उत्कृस्ट बिध्यालय बनेको छ , ९ जनाले एस इ इ दिएकोमा ८ जना उतिर्ण भएका छन यी ८९ प्रतिशत हो ।
महाशिला गाउँ पालिकाका बिध्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा पालिका प्रशासन असफल देखिएको छ । सामुदायिक बिध्यालयमा जागिर खाने शिक्षकहरुका सन्ततिहरु निजि बिध्यालयमा पढाउने गरेको गुनासो थपिदै गएको छ । वडा शिक्षा समिती र पालिका स्तरीय शिक्षा समितीले शैक्षिक गुणस्तर सुधारको नीति र योजना ल्याउन सकेका छैनन । यस बारेमा महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसाल परीक्षा प्रणाली समयसापेक्ष नरहेको बताउछन । आफ्नो पालिकाले बिगतको तुलनामा शिक्षण सिकाइको स्तर बृद्दी भएको बताउदै उनले भने “मदन आश्रीत माबिको नतिजामा प्राबिधिक त्रुटि भएकोले नतिजा सुधारिएर आउनेछ ” आगामी बर्ष देखि शिक्षा सुधारमा नितिगत सुधारको योजना ल्याइएको उनले बताए ।
समग्र पर्बत जिल्लको नतिजा पनि टिठ लाग्दो देखिन्छ । जलजला गाउँ पालिकाले सबैभन्दा बढी ८१ प्रतिशत नतिजा हासिल गरेको छ भने कुश्मा नगरपालिकाले ७४ प्रतिशत नतिजा पाएको छ । सबैभन्दा कमजोर नतिजा महाशिला गाउपालिकाको २७ प्रतिशत मात्र छ ।
प्रतिक्रिया दिनुहोस्