२०८२ असार ३२
०६१४४५०००, ९८५६०३३३९१

जहिले पनि बिबादमा आउने सचिब पान्डे मुख्यमन्त्री कार्यालयमा तानिए

उच्च सरकारी अधिकारी बिबादमा आउन थालेपछी नेपालको कर्मचारी सयन्त्र थप आलोचित बन्दै गएको पाइन्छ । शक्तिमा पुगेका हरुलेनै बाटो बिराउछन भने तल्ला तहमा कार्यरत कर्मचारीलाई कसले नियमन गर्ने । जुन अगुवा उसैले बाटो बिगार्दै हिड्न थालेपछी पछुवाको उहीँ गति नहोला भन्न सकिन्न । अध्यागमन बिभागका महानिर्देशक तिर्थराज भट्टराईको लामो समयको कर्तुत खुल्दै गएको प्रकरणले अध्यागमन घुस्याहा र भ्रष्टाचारीको अखडा साबित हुन पुगेको छ । महानिर्देशक भट्टराईकै कारण कार्यालय सहयोगी सम्मको लाइन दुरासययुक्त रहेको आम सेवाग्राहीले भोगेको बिषय हो । उनको कर्तुत सयोग नभै नियोजित रहेको कुरा अख्तियारको अनुसन्धान बाट खुल्दै गएको छ ।
नेपाल सरकारकै अर्का सहसचिव राजेन्द्र देव पान्डे
यस्तै आलोचित पात्रको रुपमा गनिन पुगेकाछन । पान्डे अहिले गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको सचिब पदमा कार्यरत छन । उनी गन्डकी प्रदेश सरकारमा सरुवा आएका पनि केही महिना मात्र भएको छ । बजेट बिनियोजनमा असिमित अधिकार प्रयोग गरेर आफ्नो जिल्ला तनहुँ खास गरि आफ्नै पालिकामा खन्याएको उनी माथी गम्भीर आरोप लागेको छ ।
तनहुँको भानु नगरपालिका स्थायी घर भएका पान्डेले  बिषयगत मन्त्रीलाई झुक्याएर , आफ्नो भिट्टो प्रयोग गरि बजेट हालेको ससदमै बहस र आलोचनाको बाढी नै चल्यो । उनको श्रीमती नेकपा एमालेको जिल्ला नेता रहेकोले श्रीमतीको राजनीतिक स्वार्थ पुर्ती गर्न सचिब पान्डेले बजेट हाल्न जोरजुलम गरेको सम्बद्ध जानकारहरु बताउछन । यो बिषयमा सर्बत्र आलोचना बढेपछी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले समेत बजेटमा असिमित पहुच बढाएको स्वीकार गर्दै उनलाइ कारबाही स्वरुप अर्थबाट मुख्यमन्त्री कार्यालयमा तानेर जगेडामा राखिएको छ । सोमबार बसेको क्याबिनेट बैठकले सचिब पान्डेलाइ मुख्यमन्त्री कार्यालय तान्ने निर्णय भएको हो ।

के कस्ता छन बिबादास्पद कदम

Advertisement:

जुनसुकै कार्यालयमा सरुवा भएपनी कुनै न कुनै बिबादमा मुछिन्छन सह सचिब पान्डे । प्रदेश सरकार र अन्तरगत सरुवा हुदा एक तह बढुवा हुने पद्धतिका कारण सचिब लेख्न पाइएपनी खासमा सह सचिबकै पद हुने गर्छ । गत मंसिर महिनामा सरुवा भै आएका पान्डे केही महिना अगाडि सरकारी सवारी दुरुपयोग प्रकरणमा मुछिएका थिए । उनले आफू चैत्र २४ गते रामनवमीको ३ दिन अगाडि देखि सरकारी गाडी लिएर बिदामा घर तनहुको भानुमा बसेका बेला अर्को बा ए ए ०५३० नम्बरको कार तनहुमा झिकाएका थिए । उक्त गाडी पार्टिको काममा जान श्रीमतीको लागि झिकाएको स्रोतले बताएको थियो त्यो कुरा चल्ने बितिक्कै प्रदेश ट्राफिकले पृथ्वी राजमार्गमा २- ३ ठाउमा चेक जाँच गरेपछी उक्त कार बिचबाटै फर्किएको थियो ।

सिडिओ हुदा एता र उता 

सहसचिव राजेन्द्रदेब पान्डे सिडिओ भएर विभिन्न जिल्लामा खटिए तर पूरा अबधी कुनै जिल्लामा पूरा अबधी बस्न पाएका सायदै होलान । मकवानपुरको सिडिओ हुदा अबधि नपुग्दै सिराहा खटाएको थियो । उनले हेटौंडाका ब्यापारी , उध्योग बाणिज्य संघ , सिबम सिमेन्ट उध्योग लगायत सङ्ग कार्यालय ,शौचालय मर्मतको बहानामा आर्थिक सहयोग माग गरेको आरोप लागेको थियो ।
अबधी पूरा नहुदै पान्डेलाइ सिराहा सरुवा गरिएको थियो ।सिराहामा विभिन्न आर्थिक बिबादमा मुछिएपछी त्यहा पनि पूरा अबधी टिक्न पाएनन । गृहमा रहेकै बेला दुर्गा प्रसाइको बडी गार्ड आधुनिक हतियार लिएर सिंहदरबार पस्न खोज्दा पक्राउ परेको कान्डमा उनी छानबिन समितिको जिम्मेवारी पाएका थिए । रबि लामिछाने गृहमन्त्री भएका बेला उनी धादिङको प्रजिअ बनाएर पठाइयो । त्यहा प्रजिअ र प्रहरी उपरीक्षक बीच अन्तर बिबाद चल्यो । त्यही अबधिमा झ्याप्ले खोला पहिरो प्रकरणमा साबधानी न अपनाइएको कारण बढी क्षती भएको साथै ढुङ्गा बालुवा खानी बिबाद समेत सृजना भएपछी उनी फेरि गृह मन्त्रालय तानिएका थिए ।
सत्तारुढ दल नेकपा एमाले सङ्ग आस्थावान रहेका उनि आफ्नो गृह प्रदेश रहेको गण्डकी आएका थिए । गण्डकी प्रदेश आएपछी सामाजिक बिकाश युबा तथा खेलकुद मन्त्रालयको सचिब बनेका थिए । मुख्यमन्त्री सुरेन्द्र राज पान्डेको चित्त बुझाएर उनी आफुले रोजेको आर्थिक मामिला मन्त्रालयको सचिबको जिम्मेवारी पाएका थिए । आर्थिक मामिला मन्त्रालयको सचिब भए पछि उनले आफ्नो पालिका भानु नगरपालिका त्यसमा पनि आफ्नो वडामा विभिन्न शिर्षकमा बजेट हालेका छन ।
होम स्टे ब्यबसायी र फर्म चलाएका पान्डे आफ्नो ब्यबसाय प्रबर्द्धनमा बडि केन्द्रित रहने गरेको जानकारहरु बताउछन । मन्त्रालय र आफू निकटका सरकारी कार्यालय र निकायको कार्यक्रम समेत आफ्नै होम स्टेमा गर्न दवाब र प्रभावमा पार्ने गरेको भुक्तभोगी हरुको गुनासो रहेको छ । पोखराको कार्यक्रम तनहुको भानुमा गएर गर्दा सरकारी खर्च बढ्न जाने तर्फ समेत अर्थ सचिब पान्डेले बिचार नपुर्याएको कर्मचारी बृतमै चर्चा हुने गरेको थियो । ब्यक्तिगत ब्यापारिक स्वार्थमा सरकारी काम गर्नु उनको थप बिबादास्पद कदमको रुपमा लिइन्छ ।
उच्च सरकारी अधिकारीहरुको बिबादित छबिका कारण सरकार आलोचित बन्दै गएको छ । आफ्नो हात जगन्नाथ भने जस्तै गरि आफ्नो निहित स्वार्थ पुर्ती गर्नुलाइ किमार्थ राम्रो मान्न सकिन्न । राष्ट्र सेवक जस्तो पदमा रहेका ब्यक्ती स्थायी सरकार भएकोले मन्त्रीहरूलाई समेत बाटो देखाउनु पर्ने कुसल पात्र बन्न सके राज्यको फजुल खर्च नियन्त्रणमा ल्याउन सकिन्थ्यो कि ?

प्रतिक्रिया दिनुहोस्