
यसपटकको एस इ इ मा अमरसिंह माबिले प्रदेशमै उत्कृस्ट नरिजा ल्याएको छ । कुल २०३ जनाले एस इ इ दिएकोमा ५ जनाले ४ जिपिए ल्याएर ईतिहास रचेको छ । ४ जिपिए ल्याउनेमा करिना काफ्ले, सफल पोखरेल, प्राञ्जली पोखरेल, अमीत तामाङ र अनिता पोखरेल हुन् ।९८ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन । यस्तै ५४ जनाले ए ग्रेड प्राप्त गरेकाछन भने २५ जनाले बि प्लस र ७ जनाले बि ग्रेड हासिल गरेका छन । ९३ प्रतिशत उतिर्ण गर्न सफल भएको छ
अमरसिंह माध्यमिक बिध्यालयले नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पढाइ सन्चालन गर्दै आएको छ । नमुना बिध्यालयको उपाधी हासिल गरिसकेको अमरसिंह माबिले कक्षा ११-१२ मा बिज्ञान बिषयमा राम्रो ख्याती कमाएको छ । आगामी बर्षमा नतिजामा पुर्ण सुधार ल्याउन थप योजना अगाडि सारेर कार्य आरम्भ गरिएको बिब्यस अध्यक्ष कृष्ण प्रसाद कोइरालाले बताएका छन ।
सोमबार एक औपचारिक कार्यक्रमका बीच ४ जिपिए ल्याउने ५ जना बिध्यार्थिलाइ नगद सहित प्रमाणपत्र दोसल्ला सहित बधाइ एबम सम्मान गरिएको छ । ए प्लस ल्याउने ९८जना सहित सम्पुर्ण बिध्यार्थिलाइ माला खादा सहित बधाइ तथा सम्मान गरिएको बिध्यालयका प्रधानाध्यापक बलराम पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्