
पोखरा १० रामघाटको हरियाली शान्ती बन बाटीका हिजोआज पुरै मासिएर कङ्कृट बाटिका बनेको छ । बैरागी बन भनिने शान्ती बन बाटिकामा बन जोगाउन र बाताबरण बचाउन भन्दै काठ दाउराको शब दाह लाई विद्युतिय शबदाहमा रुपान्तरण गर्ने योजना बन्यो ।
संघ सरकारले टेन्डर गरि सिनर्जी बिल्डर्सलाई भ्याट सहित करिब १६ करोडमा टेन्डर पर्यो । बन मासेर विद्युतिय शबदाह गृह बनाउन नदिन स्थानीय नागरिक र बाताबरणको पक्षमा काम गर्नेहरुले धुवाधार बिरोध गरे । तर स्थानिय तह देखि केन्द्र सम्मको शक्तिको अगाडि नागरिकको केही जोर चलेन । बन फाडेर अन्त्यमा विद्युतिय शबदाह गृह बनाएरै छाडियो ।
शबदाह गृह डेड बर्ष अगाडी निर्माण सम्पन्न भयो । गन्डकी प्रदेशका मुख्यमन्त्रीले २०८१ बैशाख २० गते ४ वटा शब जलाएर उद्घाटन गरे । संघीय सरकारको बजेटमा बनेको उक्त शबदाह गृह प्रदेश सरकार प्रमुखको रोहबरमा पोखरा महानगर्पालिका लाई हस्तान्तरण गरियो ।
शब दाह गर्न ( जलाउन ) महानगरका कर्मचारीलाई तालिम समेत दिई शबदाह गृह हस्तान्तरण गरिएको १४ महिना भयो तर त्यसपछि एउटा पनि शब जलाइदिएको छैन । गेट्मा तालाबन्दी गरिएको छ । नागरिकको कर र दाताको भरमा चलेको नेपालको बजेट बाट निर्मित शबदाह गृह प्रयोगमा ल्याउन किन ढिलाइ गरियो भन्ने हाम्रो जिज्ञासामा कति बाट ठोस जवाफ पाउन सकिएको छैन ।
जिन्सी शाखाका अनुसार उक्त शबदाह गृह सन्चालन कार्यबिधी बनाउने काम भैरहेको छ । कार्यबिधी कहिले तयार हुन्छ र शबदाह गृह चल्छ भन्ने बारेमा एकिन छैन । शब दाह गर्दा विद्युतको खपत ज्यादा हुने भएकोले अपरेशन कस्ट हाइ हुन जाने भएकोले एउटा शब पोल्दा कति लिने भन्ने निचोडमा पुग्न नसकिएको महानगरपालिकाका कर्मचारी बताउछन ।
शबदाह गृह बनाउनु उपयुक्त थियो थिएन भन्ने बारेमा मुल्यांकन नै नगरी हचुवाको भरमा बनाइएको बुझिन आएको छ। राज्य कोषको करोडौ रकम खर्च गर्नु पहिला त्यति महङ्गो शब दाह गृह बनाउनु उपयुक्त थियो कि थिएन भन्ने तथ्यगत अनुमान गर्न समेत राज्यको निकाय असक्षम रहेको बुझिन आएको छ । विद्युत कति खर्च हुन्छ ? त्यसको अपरेशन कस्ट कति राख्दा सन्चालन खर्च उठ्छ भन्ने समेत हेक्का नराखी भएको बन मासेर करिब १६ करोड रुपैयाँ खर्च गरिएको छ जसको आजसम्म उपयोग हुन सकेको छन ।
काठमाडौको पशुपतिमा निर्मित शबदाह गृह निर्माणमा भ्रष्टाचार भएको भन्दै पशुपति क्षेत्र बिकास कोषका निर्देश मिलन थापा सहितलाइ अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको छ । कतै पोखरामा पनि केबल कमिसनको लोभमा मात्र शब दाह गृह बनाइएको त होइन ? नचलाइकन राखिदा शङ्काको फाइदा गर्ने ठाउँ नागरिकले पाएका छन । सन्चालनमा ढिलाइको कारणले भएका उपकरण बिग्रने त होइन सोच्न पर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्