२०८२ असार ३२
०६१४४५०००, ९८५६०३३३९१

समस्या बन्दै विद्युतीय सवारी , चालकको गुनासो र पत्रकारको प्रश्न बाट किन भाग्यो चौधरी ग्रुप अफ कम्पनी ?

पछिल्लो समय नेपालमा विद्युतिय सवारीसाधनको चहलपहल बाक्लिदै गएको छ । निजि भन्दा व्यावसायिक भ्यानहरुको प्रयोग बढेको तथ्य सडकमा बग्रेल्ती देखिन्छन । इ भि नामले परिचीत गाडिहरुले दुर्घटना सङ्गै धनजनको क्षतिको पारो पनि ह्वात्तै बढाएको छ । यात्रुहरू इ भि गाडिमा चढ्न समेत आनाकानी गर्न थालेको एक चालकले बताएको कुराले नेपालमा इभि गाडिको बिश्वसनियता गुमाउन सक्ने सम्भावना बढाएको छ ।
इभि गाडीमा इन्धनको खपत नहुने भएपनि यात्रुले खासै भाडामा सहुलियत पाएका छैनन बरु साना भ्यानहरुमा कोचिएर जोखिमपूर्ण ढङ्गले लामो र मध्यम दुरिको यात्रा गर्न बाध्य भएको गुनासाहरुको शृङ्खला बढ्दै गएको टिप्पणी सुनिन थालेको छ ।

दुर्घटना र क्षतिको अङ्क ह्वात्तै बढ्न थालेपछि सीजी मोटर्स र टी.टी. ईभी रिभोलुशनको आयोजनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की संगको समन्वय द्वारा आयोजित विद्युतीय सवारी चालकहरूका लागि प्रविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम पोखरामा गरिएको छ। इ भि सवारी बाट सृजित समस्या र समाधानको बारेमा चालकहरूलाई जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको दाबी गरेपनी चालकले इ भि गाडिको दुर्घटना हुने कारण र सो को निराकरण सम्बन्धमा स्पष्ट हुन नपाएको चालकहरुले गुनासो गरेका थिए ।

‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी’ भन्ने मूल नारासहित कार्यक्रमले चालकहरूलाई प्रविधिमैत्री प्रशिक्षण, ट्राफिक नियम, र सुरक्षाबारे सचेतना दिइएको आयोजक सिजि मोटर्सका कर्मचारी र प्राबिधिकले बताए पनि सवारीसाधन सङ्ग प्रतक्ष जोडिने चालकले आफ्नो गुनासो र समस्याको बारेमा बताउने कुनै अबसर दिइएको थिएन । “के के न होला भनेर कामै माया मारेर आइयो कम्पनिको एकोहोरो कुरा सुनियो एक थाल भात खाइयो हिडियो ” अधिकास चालकहरुको यस्तै प्रतिक्रिया पाइएको थियो ।

Advertisement:

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की को सहकार्य तथा समन्वयमा सम्पन्न भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की पोखराका प्रमुख इन्स्पेक्टर शोभा पान्डेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना बारे प्रस्तुति दिएकी थिइन । कार्यक्रममा यातायात व्यावसायि , चालक सहचालक र ट्राफिक प्रहरी समेत गरि करिब ३ सयको सहभागी थिए ।
“जसको बिहे उसैलाई देख्नै नदे “भने जस्तै गरियो कार्यक्रममा । सिजि मोटर्स कम्पनी र टिटि इ भि रेभ्युलेसनका प्राबिधिक र कर्मचारीले गाडिको बारेमा दिएको प्रस्तुति चालकहरुले एकोहोरो सुने तर इभि गाडिमा देखिएका र प्रत्यक्ष भोगिएका समस्या र आइपरेका चुनौतीको सामना कसरी गर्ने भन्ने बारेमा गुनासो र जिज्ञासा राख्ने मौका समेत पाएनन । यति मात्र हो र कार्यक्रममा बोलाइएका सन्चारकर्मिहरुलाइ समेत इभि गाडिमा देखिएका मौजुदा समस्याका बारेमा जान्न प्रश्न राख्ने अबसर पनि दिइएन ।

चौधरी ग्रुपले चीनबाट आयात गरेको गाडिको बारेमा पोखरामा चालक प्रशिक्षण भनिएपनी गाडिको मार्केटिङ गर्ने उद्देश्यले कार्यक्रम गरिएको आभास भएको थियो । ट्राफिक इन्चार्ज शोभा पान्डेले पत्रकारको प्रश्न र चालकको गुनासो सुन्न पर्छ भन्दा पनि आयोजक मोटर कम्पनिले मानेन । आखिर किन डराए चालक र पत्रकारको जिज्ञासा सुन्न ? यसले थप रहस्य सृजना गराएको छ ।
कमर्सियल गाडी नागरिकको जीउ धन सङ्ग प्रतक्ष जोडिएको हुन्छ । हाल पछिल्लो समयमा देशका विभिन्न ठाउमा भएको दुर्घटनामा सिजि मोटर्सको सङ्ख्या अग्र पङ्क्तिमा रहेको पाइएको छ । त्यस्ता गाडिमा विभिन्न त्रुटि कमजोरी रहेको अटो मोबाइल मेकानिक्सहरुले हामी सङ्ग बताएका छन। हामिले गाडी आयातकर्ता कम्पनी सिजि मोटर्सबाट जवाफ चाहान्थ्यौ तर बिडम्बना प्रश्न राख्ने अबसर नै नदिइ हतारमा कार्यक्रम बिट मारियो । आखिर किन डराए जनताको चासो , गुनासो र प्रश्न सुन्न ? पोखरामा आयोजित कार्यक्रमले समस्या समाधान भन्दा झन बल्झाएको महशुस गराएको छ । पत्रकारलाई बोलाउने तर प्रश्न नसुन्ने अनि तयारी समाचार बनाएर मिडियामा छाप्न पठाउने यो खेती कहिले सम्म माननीय बिनोध चौधरी ज्यु ?

प्रतिक्रिया दिनुहोस्