कक्षा १० को परिक्षा २०८१ को नतिजा घोषणा भएको छ । यसपटक परिक्षामा सामेल भएका मध्य ६१.८१ प्रतिशत बिध्यार्थिले उतिर्णको नतिजा पाएका छन । गत बर्ष भन्दा करिब १३ प्रतिशतले ततिजामा सुधार आएको छ ।
यो नतिजा यथार्थपरक हो वा थपथाप हो भन्ने बिषयमा सोच्न बाध्य बनाएको छ । गत बर्ष ४८ प्रतिशत मात्र पास भएपछी नेपालको शिक्षा प्रणाली अझ सरकारी लगानिको सामुदायिक बिध्यालको नतिजा प्रती सरकारले तीखो आलोचना ब्यहोरेको थियो । राज्यको शिक्षा नीति असफल र सरकारी लगानी बालुवाको पानी जस्तै भएको भन्दै शिक्षा बिद र नागरिक समाजले खरो बिरोध गर्दै आएको थियो ।
गत बर्षको नतिजा पछि हच्किएको सरकारले यो सालको नतिजामा गाली नखाने उपाय स्वरुप नतिजामा थपथाप गरेको धेरैले लख काटेका छन । केही दिन पहिला प्रधानमन्त्री केपि शर्मा ओलिले नतिजाको प्रतिशत बढेर आउने घोषणा गरेका थिए । उनले गरेको घोषणार भएको नतिजा मिलेको कारण शङ्काको सुबिधा स्वरुप यो अबस्थाको चित्रण गर्न हामिले छुट पाएका छौ । नतिजा १३ प्रतिशत सुधार हुने गरि नतिजा आएपनी शैक्षिक गुणस्तर सुधारमा कुनै ठोस प्रयास र जादुको लठ्ठी प्रयोग भएको देखिदैन ।
प्रधानमन्त्रीले शिक्षाको मातहतका निकायलाइ ७० प्रतिशत नतिजा ल्याउने गरि तयारी थाल्न निर्देशन दिएका थिए । उनको निर्देशन पछि शिक्षा मन्त्रालयले एक कार्यदल बनाएको थियो त्यो कार्यदलले शिक्षाको गुणस्तर सुधार होइन नतिजा सुधारको पक्षमा काम गरेको जानकार र सरोकारवाला निकायको भनाइ छ ।
कक्षा १० को परीक्षा माध्यमिक परीक्षा मानिदैन । तर पनि हाउगुजिको रुपमा लिइएको छ । आउदो शिक्षा ऐनमा एस इ इ परीक्षा प्रदेशलाइ दिने लगभग निस्चित छ । कक्षा १२ को परीक्षा एस एल सि अर्थात माध्यमिक तहको शिक्षा मानिन्छ । तर यो परिक्षाले गुणस्तर सुधारमा खास पहल गरेको भने अबस्य छ । यसलाइ उच्च शिक्षाको बाटो तय गर्ने शिक्षाको रुपमा हेरिन्छ । ११ र १२ कक्षाको पढाइलाइ अब छनोट गर्न पर्ने बिध्यार्थिहरु र अभिभावकले सोच बिचार गर्ने समय पनि हो ।
नतिजा पछिका समय बिध्यार्थिले कुन बाटो अर्थात कुन बिषय रोज्ने हो भन्ने तय गर्नुपर्ने हुन्छ । महङ्गा निजि बिध्यालयमा मात्र राम्रो पढाइ हुन्छ भन्ने भ्रम त्याग्नु पर्छ । राम्रो सामुदायिक बिध्यालयले पनि उच्च गुणस्तरीय शिक्षा दिएका छन । देखासिको गरेर होइन मेहनतमा भर पर्ने हो भने शैक्षिक बाटो तय गर्न खासै समस्या छैन । सामुदायिक बिध्यालयमा जागिर खाने तर निजि सस्थागत बिध्यालयमा पढाउने परिपाटीको अन्त्य गर्न बिध्यार्थिले आफै निर्णय लिनुलाइ उचित मानिन्छ । गुणस्तर सुधार गर्नुपर्छ , सीपमूलक शिक्षा दिनुपर्छ यो नै सर्बजन हिताय कार्य मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्