२०८२ मंसिर २७
०६१४४५०००, ९८५६०३३३९१

महेन्द्रपुल मोबाइल टावरको मम रेस्टुरेन्टमा अरिङ्गाल आतङ्क ,खाजा खान गएका ३ जना आइसियुमा ,

के तपाइँ खाजा खान वा किनमेल गर्न रेस्टुरेन्ट वा पसलमा छिर्दै हुनुहुन्छ ? त्यसो हो भने अब सतर्क हुनुहोला , नत्र तपाइको भोको पेट अगाउनु त कहाँ हो कहाँ अरिङ्गालले चिलेर अस्पतालको आइसियुमा भर्ना हुनुपर्ला !
हो यस्तै एउटा दुखद घटनाको सिकार भएका छन पोखराका ४ जना युवाहरु । गत बुधबार अपरान्ह पोखराको मोबाइल टावरको टपमा रहेको दोमो दोमो नामको मम रेस्टुरेन्टमा खाजा खान ती युवाहरु गए । टेबुलमा बसेका मध्य एक युवाले गर्मी भएको महसुस गरेपछि हावा खान पश्चिम तर्फको झ्याल खोले । झ्याल खोलेका मात्र के थिए उनिमाथी हावा होइन अरिङ्गालको गोलो नै जीउमा खनिएर चिल्न थाले । उनी भाग्दै ग्राउन्ड फ्लोर सम्म पुगे तर अरिङ्गालले लखटी लखटी टोक्न भ्याए । टाउको पेट हाट गोडा गरि १५ वटा अरिङ्गालले उनलाइ चिल्न पुग्यो ।
उनी मात्र होइन उनी सङ्गै गएका अरु ३ जनालाइ पनि अरिङ्गालले टोकेर इन्तु न चिन्तु बनायो । पीडा सहन नसकेपछि उनिहरु तत्काल मणिपाल अस्पताल पुगे । अस्पतालले सबै घाइतेलाई आइ सि युमा राखेर उपचार सुरु गर्यो । कसैलाई १२ वटाले कसैलाई ८ वटा अरिङ्गालले टोकेको फेला पर्यो । अस्पतालमा ड्युटी बस्ने प्रहरीले बिरामिको बारेमा बुझे , बिबरण लिए । ३ दिनको उपचार पछि घाइतेहरु शनिबार डिस्चार्ज भए उनिहरु अझै पनि पुर्ण निको भैसकेका छैनन । पूरा काममा फर्कन सकेका छैनन ।
डिस्चार्ज भएका घाइतेहरु रेस्टुरेन्टको झ्याल बाहिर अरिङ्गालको गोलो रहेको बारे केही जानकारी नभएको बताउछन् , गोलोको छेउमा रहेको झ्याल खोल्न हुन्न भन्ने बारेमा रेस्टुरेन्टका कर्मचारीले पनि बताएनन र त्यहाँ कुनै सूचना पनि टासिंएको थिएन यो रेस्टुरेन्ट सन्चालकको गम्भीर लापरबाही र ग्राहक प्रती गरिएको चरम बेवास्ता हो एक पीडित घाइतेले दुखेसो पोखे । तर पनि रेस्टुरेन्ट सन्चालक पिडितको घाउमा मल्हम लगाउने पक्षमा देखिएको छैनन । अस्पतालमा भएको उपचार खर्च नब्यहोर्ने बरु जहाँ गएर जे गरे पनि गरे हुन्छ भन्ने धम्किपुर्ण अभिव्यक्ति दिएको उनिहरुले बताए ।
यस प्रकरणमा मणिपालमा कार्यरत प्रहरी हवल्दार अरिङ्गालले टोकेर आएका घाइतेहरु ३ दिन आइ सि युमा उपचार गरेर डिस्चार्ज भएको बताउछन । उनले घटनामा सम्लग्न रेस्टुरेन्ट सन्चालकको बचाउ गर्दै भने उडेर आउने अरिङ्गालको जिम्मा कसले लिने ? रेस्टुरेन्ट सन्चालकको लापरबाहीको कारण घटना घटेको बारे प्रहरिले पिडितलाइ किन असहयोग गर्दै रेस्टुरेन्ट सन्चालकको बचाउ गर्यो बुझ्न सकिएन । यति सम्मकी घटनाको बारेमा तालुक कार्यालयलाइ समेत जानकारी नगराउनुले मिलेमतोको आशङ्का गरिएको छ । यता रेस्टुरेन्ट सन्चालिका सङ्ग घाइतेको उपचार खर्च ब्यहोर्ने बारेमा सोधिएको प्रश्नमा अरिङ्गालले चिलेको बारेमा हामिलाइ के थाहा भन्दै पन्छिन खोजिन । यस बारेमा जानकारी गराउदा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले भने “पिडितले निबेदन दिएमा आवश्यक अनुसन्धान हुन्छ ”
खाजा खान रेस्टुरेन्ट गएकाहरु अरिङ्गालको डसाइ खान बाध्य भएकाछन । झ्यालको बाहिरी भागमा अरिङ्गालको गोलो हुदा पनि त्यसको ब्यबस्थापन नगर्ने , ग्राहकलाइ सूचना समेत नदिने रेस्टुरेन्ट संचालक ग्राहकको उपचार खर्च ब्यहोर्न समेत तयार नहुनले सुरक्षा चिन्ता बढाएको छ । रेस्टुरेन्ट जाने हरुलाई ढुक्क भएर जाने बाताबरण बनाउन र सबै खाले सुरक्षाको प्रत्याभूत दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्