२०८२ मंसिर २७
०६१४४५०००, ९८५६०३३३९१

अन्जुली बोर्डिङलाइ घर जग्गा भाडामा दिने सम्झौता खारेज गर्न राष्ट्रिय मावि बिब्यसलाइ वडाको निर्देशन

सरकारी बिध्यालयको घर जग्गा निजि बोर्डिङलाइ भाडामा दिएर स्वार्थ बाझिने कार्य गने पोखराको राष्ट्रिय माध्यमिक बिध्यालय अख्तियारको छानबिनमा तानिए पछि दुई बिध्यालय बीच भएको सम्झौता सङ्कटमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालले सुक्ष्म ढङ्गले अनुसन्धान गरि गैरकानुनी रुपमा भाडा सम्झौताको निर्णय गर्ने र सम्झौता गर्ने बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष राम बिक्रम राणा , बिध्यालयका प्रधानाध्यापक उपर अनुसन्धान अगाडी बढाएपछि सम्झौता सङ्कटमा पर्न गएको हो ।
वडा शिक्षा समितिका सयोजक समेत रहेका पोखरा मनपा वडा न १ का अध्यक्ष शाहरा प्रधानले अञ्जुली बोर्डिङ्लाइ जग्गा भाडामा दिने सम्झौता रद्द गर्न साउन २० गते राष्ट्रिय मावी बिब्यस अध्यक्षलाई सम्बोधन गरि लिखित निर्देशन जारी गरेकाछन । अध्यक्ष प्रधानले राष्ट्रिय माविलाइ लेखेको पत्रमा “कानुन बिपरित भएको सम्झौता रद्द ” गरि सोको जानकारी दिन भनिएको आफुलाइ प्राप्त बोधार्थ पत्रबाट जानकारी आएको शिक्षा बिकास तथा समन्वय इकाइ कास्किका प्रमुख लोकनाथ आचार्यले बताए ।ढिलै भएपनी सकारात्मक पहलको सुरुवात भएको केन्द्र प्रमुख आचार्यले बताए ।
राष्ट्रिय मावीले २०८० मा आफ्नो परिसरको घर जग्गा अञ्जुली बोर्डिङलाइ मासिक ९५ हजार भाडा लिने गरि १२ बर्षलाइ भाडामा लगाउने गरि सम्झौता गरेको थियो । बिब्यस सदस्य बरुणबिक्रम राणाको सयोजकत्वमा गठित उपसमितिको प्रतिबेदन अनुसार अध्यक्ष रामबिक्रम राणा स्वयमले सम्झौतामा हस्ताक्षर गरेका थिए । बिगत झन्डै १० बर्ष अघि बाट रोकिएको भाडा सम्झौता बर्तमान बिब्यसले गरेको थियो । अधिबक्ता समेत रहेका राष्ट्रिय माविका करार शिक्षक तथा सस्कृत माविका बिब्यस अध्यक्ष बिष्णु प्रसाद अधिकारी स्वयमले सम्झौता पत्रमा रोहबरमा रहेका थिए । अख्तियारमा अनुसन्धान भइरहेको र वडाले गैरकानुनी सम्झौता भनेको बिषय उपर छलफल र निर्णय गर्न बिध्यालय ब्यबस्थापन समितिले साउन २६ गते बिब्यस बैठक बोलाएको छ ।

सस्कृत माविको पनि उहीँ हालत

सस्कृत माबिले पनि सरकारले बजेट दिएर बनाएको कक्षा कोठा बेबि मन्टेस्वरी नामको निजि बोर्डिङलाइ बर्षौ देखि भाडामा लगाएर गैरकानुनी कार्यलाई प्रश्रय दिएको छ ।कानुनका जानकार ब्यक्ती (अधिबक्ता) बिष्णु अधिकारी स्वयम् बिब्यस अध्यक्ष रहेको सस्कृत माविले आफ्नो बिध्यालयको भवन गैरकानुनी ढङ्गले भाडामा दिएकाछन । सस्कृत माविकै परिसरमा रहेको जग्गा लिटिल स्टेप बोर्डिङ र पोखरा आदर्शलाइ भाडामा लगाइएको छ ।
सरकारी बजेटमा बनाइएको स्कुल भवन निजि मन्टेस्वरिलाइ दिएको बिषयमा अख्तियारले शिक्षा मन्त्रालय मार्फत गम्भीरतापूर्वक प्रश्न उठाएको छ । यस बारेमा वडा कार्यालयको ध्यान नजानु पत्र नलेख्नुलाइ मिलेमतोका रुपमा लिइएको छ । पुरानो सम्झौताको म्याद सकिएको तर खाली गर्ने बारे कुनै पनि पत्राचार नभएको बिध्यालयका प्र अ श्रीकृष्ण सिग्देलले बताए ।
सराङ्कोट साप्ताहिकले सरकारी बिध्यालयको घरजग्गा स्वार्थ बाझिने गरि निजि बिध्यालयलाइ भाडामा लगाइ कानुनको धज्जी उडाएको बारे पटकपटक समाचार प्रकाशन गर्दै आएको थियो । निरन्तर खबरदारी गरेका कारण बिब्यसका अध्यक्ष र वडा अध्यक्ष रुष्ट बनेका छन । वडाले गैरकानुनी सम्झौता रद्द गर्न बिध्यालयलाइ लेखेको पत्रको प्रतिलिपी माग गर्दा आफ्नो ब्यक्तिगत सुचना झै गरेर वडा अध्यक्ष साहरा प्रधानले सुचना नदिने बताए । उनले भने ” जे लेखेपनी लेख्नुस तर म सूचना दिन्न ” वडा अध्यक्ष अझै पनि सार्बजनिक बिषयको सूचना लुकाउन कसरत गर्दैछ्न । पार्टिका कार्यकर्ताको हित स्वार्थ पूर  गर्न राष्ट्रिय सम्पती भाडामा सुम्पेर सरकारी बिध्यालय कमजोर अनि सार्बजनिक  निकायको सुचना लुकाउनुलाई पनि गैरकानुनी कार्य मानिन्छ ।सुचना नदिने सार्बजनिक निकायका प्रमुखलाइ २५ जहार रुपैयाँ सम्म जरिवाना र बिभागिय कारबाही हुने सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३२ मा ब्यबस्था रहेको छ ।

( सच्याइएको – बिब्यस बैठक साउन ३० गते लेखिनुपर्नेमा २६ गते लेखिन गएकोले सच्याइएको छ । )

प्रतिक्रिया दिनुहोस्