२०८२ मंसिर २७
०६१४४५०००, ९८५६०३३३९१

दर्जन पटक गुणस्तरहीन औषधि उत्पादन गर्ने क्युरेक्स कम्पनीलाइ किन हुदैन कारबाही ?

स्वास्थ्य बिमा सुबिधा लिएर उपचार गर्ने बिरामी औषधि भने किनेर खान थालेका छन । उनिहरुलाइ बिमाको औषधि प्रती बिस्वास गुम्दै गएको छ । उपचार गर्ने कतिपय चिकित्सकले नै बिमाको औषधि नखान सल्लाह दिन्छ्न । बजारमा बिमाको औषधीमा गुणस्तर हुन्न भन्ने चर्चा चुलिएको छ । औषधी ब्यबस्था बिभागले बेलाबेलामा गर्ने अनुगमन र औषधिको ल्याब परिक्षणको नतिजा हेर्दा औषधी भनेर खाएको कुरा माटो र पिठो बराबर भेटिएका छन ।
बिमामा औषधोको ठेक्का हाल्ने कम्पनिले न्यून मुल्यमा टेन्डर हाल्छ । गुणस्तरीय औषधि दिने हो भने घर खेत बेच्नुपर्छ । बरु मान्छेको स्वास्थ्य भाडमा जाओस उनिहरुले औषधिको डोजलाइ पिठो र माटोसङ्ग साट्छन र बिमाका ठेकेदार मार्फत बजार र अस्पताल पुर्याउछन ।
यस्तै कमसल औषधि उत्पादन गर्ने कम्पनी मध्य काभ्रेको बनेपामा रहेको क्युरेक्स फर्मास्युटिकल प्रा लि सबै भन्दा बदनाम सुचिमा पर्छ । औषधी ब्यबस्था बिभागको जाँच रिपोर्ट अनुसार क्युरेक्सले उत्पादन गरेको औषधि ११ पटक असफल हुन गै बजाराबाट फिर्ता गरिएको छ । उसले उत्पादन गरेको औषधीमा हुनुपर्ने डोज असाध्यै न्यून रहने गरेको छ ।
क्युरेक्सले उत्पादन गरि बजार पठाएको ११ प्रकारका औषधि गुणस्तर हिन प्रमाणित भैसकेको छ । उक्त कम्पनिले उत्पादन गरेको अधिकास औषधिमा डोज पुग्दैन । १०० प्रतिशत डोज पुग्नुपर्ने ठाउमा केबल १० प्रतिशत मात्र औषधि र बाकी गैर औषधि हालेर प्याक गनर्ने गरेको पाइएपछी औषधि ब्यबस्था बिभागले त्यो ब्याच नम्बरको औषधि बजारबाट फिर्ता ल्याउन भनेको छ । यस्ता औसधिहरु झन्डै १ दर्जन पुगेको छ ।
मानव स्वास्थ्यमा प्रतक्ष लाभ गर्नुपर्ने औषधी औषधो नभएर माटो र पिठो जन्य पदार्थहरु भर्ने गरेको बुझ्न सकिन्छ । मानव स्वास्थ्यमा प्रत्यक्ष सिकायत गर्ने पटक पटक दोषी करार भएका कम्पनी सन्चालकलाइ सरकारले कारबाही गर्न नसक्नु निरिहताको पराकास्टा रहेको औषधिका जानकारहरु बताउछन । एउटै कम्पनी दर्जन पटक कारबाहिमा पर्दापनी ज्वाइँ पाले झै पाल्नुको पछाडी बिभागको सेटिङ्को गन्ध आएको छ ।
यस्तै तृटी गर्नेमा लोमस फर्मास्युटोकलले ८ औ पटक गल्ती गरेको छ भने आर्या फर्मा ल्याबले पनि ८ अट्क गल्ती गरेको बिभागले बताएको छ । लोमस प्यारेन्टल्स धनुषाले ६ पट्क गुणस्तरमा सिकायत गरेको बिभागले नमुना जाचबाट फेला पारेको छ । १३ उध्योग मध्य प्राइम, क्युमेड र बायोगेनले दुईदुइ वटा गल्ती गरेको पत्ता लागेको छ । गल्ती गर्नेलाई रिकलको नाउमा उन्मुक्ति दिने कार्य बिभागले गरेकोमा औषधि व्यावसायिहरुले नै बिरोध गरेकाछन । यस्ता अबैध कार्य गरि मानबको स्वस्थ्यमा सिकायत गर्नेलाइ कानुनी दायरामा ल्याएर कडा दन्ड दिन आवश्यक छ ।
मानव स्वास्थ्यमा सिकायत गर्ने उपर राज्यले तत्काल छानबिगर्ने र कारबाही गर्न जरुरि छ । गुणस्तरहि औषधि उत्पादन गर्ने , बिमाको टेन्डर पार्ने गिरोहले लाखौ जनतको स्वास्थ्य माथि खेलवाड गरेको छ । जाचमा फेल भएका कम्पनिलाइ जनस्तरबाट बहिस्कार गर्न र औषधि बिक्रेता फार्मेसिहरुले त्यस्ता औषधि बिक्री कार्य बन्द गर्न आवश्यक छ ।बिभाग लमिसनको चक्करमा फसेको छैन भने दर्जन पट्क्क गल्ती गर्ने कम्पनि सन्चालकलाइ हदै सम्मको कार्बाही गर्न सरकारले खुट्टा कमाउन हुन्न ।

प्रतिक्रिया दिनुहोस्