तीज मेलाको रौनकताको परिचय दिन सफल लामाचौर तीज मेलाको आरम्भ भएको छ । भाद्र ८,९ र १० गते तीज मेलाको तयारी पूरा भएको छ । मेलाको आकर्षणको रुपमा रहेको पोखरा एक्सपर्ट एजुकेसन लामाचौर कप बिध्यालय स्तरिय छात्रा भलिबल प्रतियोगिता भाद्र ७ गते शनिबारबाट आरम्भ भएको छ । प्रतियोगितामा भलिवलमा नाम चलेका पोखराका ११ वटा बिध्यालयले भाग लिएका छन ।
शुक्रबार क्लबको परिसरमा फेसबुक लाइभ मार्फत छात्रा भलिबलको टाइसिट सार्बजनिक गरिएको थियो । सार्बजनिक भएको टाइसिट बमोजिम शनिबार बिहान बाटै गेम सुरु गरिएको मेला आयोजक नव आदर्श सामुदायिक बिकास समाजका अध्यक्ष इ दिनेश भन्डारीले बताए । बिजेता टोलिले १ लाख १ सय एघार रुपैयाँ नगद रासी सहित टफि र मेडल र दोस्रो हुनेले ५०हजार १ सय एघार रुपैयाँ नगद र टफि मेडल प्राप्त गर्ने खेल सयोजक शङ्कर के सीले बताए ।
यस्तै मेलाको अर्को आकर्षणको रुपमा खुल्ला पुरुष भलिबल्ल रहेको छ । यो गेममा ६ टिमले भाग लिएकाछन । खुल्ला पुरुष भलिबल बिजेताले नगद ३ लाख एक सय एघार रुपैयाँ सहित मेडल टफि र उप बिजेताले १ लाख पचास हजार १ सय ११ रुपैयाँ र टफि मेडल प्राप्त गर्ने खेल सयोजक केसीले बताए । खेल अबलोकनको लागि टिकटको प्रबन्ध मिलाइएको छ जस अनुसार सुरु खेलमा एक सय , सेमिफाइनल खेलमा २ सय र फाइनल खेलमा ३ सय रुपैयाँको टिकट काट्नुपर्ने क्लबले जनाएको छ ।
खुल्ला भलिबलमा एपीएफ क्लब पोखरा , कृष्ण दल गण क्लब फुलबारी ब्यारेक पोखरा ,ढुङ्गे देउराली क्लब स्याङ्जा , जि एम समाज , माछापुच्छ्रे गाउँ पालिका खे बि स कास्की र आयोजक नव आदर्श सामुदायिक बिकास समाजले भाग लिएकाछन । खुल्ला भलिबल भाद्र ८ गते आइतबारबाट सुरु हुने आयोजक सस्थाका का स स बिकल थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्