जेनजी बिद्रोह पछि सत्ता पल्टिएको छ । नयाँ परिस्थिति अनुसार जेनजी प्रतिनिधिहरूले सुशीला कार्कीलाई नागरिक सरकारको नयाँ नेतृत्वका लागि छनोट गरेको छ । प्रधानसेनापति अशोक सिग्देलसमक्ष जेनजिले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेन शाहले पनि समर्थन जनाएका छन ।
संवेदनशिल समयमा विकास हुने घटनाक्रमको नेतृत्व गर्नका लागि कानून र विधिको रक्षा गर्नसक्ने इमान्दार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले कार्कीको नाम प्रस्ताव गरिएको बताइएको छ ।
बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेको भएपनी जंग्गीअड्डाबाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरिरहेका छन् । नाराबाजी गर्नेहरु हर्क साम्पाङ समर्थक रहेको खुलेको छ ।
बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको थियो ।
जेनजिहरु बीच परस्पर बिरोधी कुरा आएपनी सुशिला कार्की नै नागरिक सरकार प्रमुख हुने लगभग निस्चित भएको छ ।देशमा जारी हिन्साबाट देश र जनतालाई बचाउन डेडलक तत्काल अन्त्य गर्न जरुरी देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्