२०८३ जेष्ठ १२
०६१४४५०००, ९८५६०३३३९१

पोखरा युनाइटेड एकेडेमिले ल्यायो प्राविधिक शिक्षाको नयाँ आयाम , सिभिल ,आइटी र होटल म्यानेजमेन्ट एउटै छानोमा

नेपालमा पछिल्लो समय गुणस्तरीय प्राविधिक शिक्षाले नया आयाम दिदै गएको छ । समयसँगै शिक्षाको स्वरूप परिवर्तन हुँदै गएको छ । अहिलेको युगमा केवल सैद्धान्तिक ज्ञान मात्र नभई सीप, प्रविधि र व्यवहारिक दक्षतालाई विशेष महत्व दिइन्छ । यही आवश्यकता र बदलिँदो शैक्षिक मागलाई मध्यनजर गर्दै पोखरा युनाइटेड एकेडेमीले प्राविधिक शिक्षातर्फ महत्वपूर्ण कदम अघि बढाएको छ ।
एकेडेमीले सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी शैक्षिक सत्र २०८२ देखि डिप्लोमा तहका प्राविधिक विषयमा भर्ना प्रक्रिया सुरु गरेको जनाएको छ । सिभिल इन्जिनियरिङ, सूचना प्रविधि (आईटी) र होटल म्यानेजमेन्ट जस्ता बिषय बजारमा उच्च माग भएका विषयमा अध्यापन सुरु गरिनु पोखराको शैक्षिक क्षेत्रकै लागि सकारात्मक उपलब्धि मानिएको छ ।
विद्यालयका प्रमुख कार्यकारी निर्देशक इन्जिनियर महेन्द्रबहादुर गोदारले बदलिँदो समयअनुसार अबको शिक्षा सीपमुखी, व्यवहारिक र रोजगारसँग जोडिएको हुनुपर्ने बताए । उनका अनुसार एकेडेमीले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित आधुनिक प्रविधि, प्रयोगात्मक अभ्यास र गुणस्तरीय अध्यापनलाई प्राथमिकतामा राखेको छ । शिक्षा प्रयोगमुखी र सीप मुखी हुनुपर्ने सोच लिएर आफ्नो जीवन भरको अनुभवलाई बिध्यार्थी मार्फत देशमा उपयोगमा ल्याउने लक्षका साथ अगि बढेको बताए ।


“देशमै दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ हामी अघि बढेका छौँ,” निर्देशक गोदारले भने, “विद्यार्थीलाई केवल प्रमाणपत्र होइन, व्यवहारिक दक्षता र आत्मनिर्भर बन्ने प्राविधिक सीप र क्षमता दिने हाम्रो उद्देश्य हो ।”
तीन वर्षे डिप्लोमा कार्यक्रममार्फत विद्यार्थीलाई प्राविधिक ज्ञानसँगै प्रयोगात्मक सीप प्रदान गरिने विद्यालयले जनाएको छ । सैद्धान्तिक अध्ययनसँगै प्रयोगशाला अभ्यास, परियोजना कार्य र फिल्ड अनुभवलाई समेत जोड दिइने भएकाले विद्यार्थीले अध्ययन पूरा गरेपछि सहज रूपमा रोजगारी वा स्वरोजगारको बाटो समाउन सक्ने विश्वास गरिएको छ ।
एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषय सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । आफ्नै भवन, आधुनिक प्रयोगशाला, खेलमैदान र अनुभवी शिक्षक टोलीसहित करिब एक हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । एकेडमीले प्रमाणपत्र तहमा सुचना प्रविधी (IT ) बिषयलाइ पनि पढाउन सुरु गरेको छ ।विश्व बजारको माग अनुसार सूचना प्रविधिलाइ महत्व दिइएको सन्चलाक गोदारले बताए ।
विद्यालयका को–अर्डिनेटर इन्जिनियर रविन गोदारका अनुसार अहिलेको प्रतिस्पर्धी समयमा प्राविधिक शिक्षाको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । “विदेशिने युवालाई रोक्न र देशमै अवसर सिर्जना गर्न प्राविधिक शिक्षा अपरिहार्य बनेको छ,” उनले भने, “हामी विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सीप प्रदान गर्ने तयारीमा छौँ ।” दक्ष जनशक्ती उत्पादन गरेर रोजगारको सुनिस्चितता गराउने एकेडेमीको प्रतिबद्धता रहेको दावीलाई मुर्त रुप दिन लागिपरेको रविन गोदारले बताए ।
सिटिइभिटीबाट मान्यता प्राप्त कार्यक्रम भएकाले यहाँ अध्ययन गर्ने विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा अवसर पाउने अपेक्षा गरिएको छ । साथै विज्ञान र गणितमा राम्रो नतिजा ल्याएका तथा एसईई उत्तीर्ण विद्यार्थीका लागि भर्ना खुला गरिएको विद्यालयले जनाएको छ ।
पोखरा युनाइटेड एकेडेमीको यो पहलले पोखरालाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । शिक्षालाई सीप र रोजगारीसँग जोड्ने यस्तो प्रयासले विद्यार्थी, अभिभावक र समग्र समाजलाई नयाँ आशा दिएको छ । पोखराको केन्द्र भागमा भएकोले लेखनाथ देखि पुरै पोखरालाइ सहज रहेको बिध्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्