२०८३ जेष्ठ १५
०६१४४५०००, ९८५६०३३३९१

मुस्ताङ जिससमा तामाङ , मन्डल गए खोटाङ

बालेन सरकारले कर्मचारी ट्रेड युनियन खारेज गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सवै मन्त्रालय र अन्तरगतका कर्मचारीको सरुवा गरेर हलचल मच्चाएको दावी गरियो । सरुवा गरिएका कर्मचारीहरुलाइ सरुवा गरिएको ठाउमा रमाना लिन र हाजिर गराउन उर्दि जारी भयो तर अझै पनि कतिपय कर्मचारीहरु सरुवा भएको ठाउमा हाजिर हुन गएका छैनन । यसरी सरुवा भएको ठाउँमा सरुवा नजादा आर्थिक बर्षको मसान्तको बेला सम्पन्न गर्नुपर्ने योजनाका काम कारबाहिहरु प्रवाबित हुन पुगेको भन्दै गुनासाहरु आउन थालेका छन ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कतिपय सरुवा कार्यन्वयन हुन नसक्दा त्यसको प्रभाव सरुवा जाने कार्यालयले ब्यहोर्न परेको छ । जिल्ला समन्वय समिती मुस्ताङमा सरुवा भएका प्राविधिक कर्मचारी सरुवा भएको ठाउमा हाजिर हुन नजादा त्यहाँका योजनाहरु प्रभावित हुन पुगेको बताइएको थियो ।
२०८३ बैशाख ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियर हिरालाल मण्डलको सरुवा जिल्ला समन्वय समितिको कार्यालय मुस्ताङमा सरुवा गरेको थियो । इन्जिनियर मन्डलको सरुवा भएको एक महिना बढी हुदा पनि सरुवा भएको ठाउमा हाजिर हुन गएका थिएनन । उनी सरुवा नजादा जिसस मुस्ताङले गर्ने योजना अनुगमन लगायतका काम प्रभावित भएको छ कुरा सराङ्कोट साप्ताहिकले लेखेको थियो । मन्त्रालयले मन्डललाई खोटाङ जिसस पठाएर मुस्ताङमा डबल बहादुर तामाङ्लाइ पथाएको छ , तामाङ बुधबार जिसस मुस्ताङ हाजिर भएको जिसस मुस्ताङका समन्वय अधिकारी किर्तन पौडेलले बताए ।
जिसस मुस्ताङ्मा कार्यरत इन्जिनियर सविन पौडेल सरुवा भएको ठाउँ सुदुर पश्चिमको एक पालिकामा हाजिर भैसकेकाछन । हाल जिसस मुस्ताङ प्राविधिक बिहिन बन्न पुगेको छ । त्यहाका कार्यालय प्रमुख र जिसस प्रमुखले मन्त्रालयमा फोन गरि कर्मचारीको रमाना गर्न पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ गरेका थिएनन । उनको सरुवा कार्यान्वयनमा भएको ढिलाइका सम्बन्धमा हामिले संघीय मामिला मन्त्रालयका सुचना अधिकारी बिबेक घिमिरेसङ्ग प्रतिक्रिया लिदा आफू मन्त्रालय बाहिर रहेको र बुझेर जानकारी गराउने बताएका थिए ।
अतिरिक्त समुहमा रहेका इन्जिनियर मन्डलले हिमाली जिल्लामा रमाना नबुझ्ने बताउदै आएको मन्त्रालय स्रोतले बताएको थियो । तर मन्त्रालयले उनको सरुवा संशोधन गरि डबल बहादुर तामाङलाइ जिसस जोमसोम पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्