२०८३ जेष्ठ १६
०६१४४५०००, ९८५६०३३३९१

रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र सर्वसम्मत

सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर समितिको प्रथम ऐतिहासिक महाधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई औपचारिक रूपमा संरचनागत रूपमा अघि बढाएको छ ।

प्रथम नगर महाधिवेशनबाट योगेन्द्र केसी सर्वसम्मत रूपमा सभापतिमा चयन भएका हुन । त्यस्तै उपसभापतिमा संगीता तिमिल्सिना गौतम चयन भएकी छन् भने सचिवमा कमल बानियाँ चयन भएका छन् । शनिबार ग्यालेक्सी पार्टी प्यालेस बिरौटामा महानगर भेला भएको थियो ।


उपसभापति, सचिव, सहसचिव लगायतका पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरिएको छ। उपसभापतिमा संगिता गौतम, सचिवमा कमल वानिया, सहसचिवमा सरिता शर्मा रहेका छन्। अधिवेशनको उद्घाटन रास्वपा नेता तथा पर्यटन मन्त्री गणेश पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्