२०८३ जेष्ठ २१
०६१४४५०००, ९८५६०३३३९१

होस्टेलको आय ब्यय ब्यक्तिको खातामा ! त्रिभुवन आदर्श मावि स्याङ्जाको एसइइ होस्टेलबाट बचेको साढे ५ लाख के हुन्छ ?

स्याङ्जा जिल्लाकै नमुना बिध्यालयको सुचिमा रहेको त्रिभुवन आदर्श मावी पुलतिबजारले एस इ इका बिध्यार्थीलाइ होस्टेल राखेर ५ लाख २९ हजार नाफा गरेको छ । बिध्यालयले पहिलोपटक एस इ इ दिने छात्र छात्राहरूलाई आवासिय र दिवा होस्टेल राखेको बिध्यालयका प्रधानाध्यापक प्रेम नारायण पौडेलले दावी गरेका छन ।
१ सय १७ जनाले एस इ इ परीक्षा दिएका थिए । परिक्षा दिएका मध्य ३ जनाले ४ जिपिए ल्याएका छन भने २३ जना नन ग्रेडेड भएकाछन । स्याङ्जा जिल्लामा सन्चालित सामुदायिक बिध्यालयमा यो नतिजालाइ सकारात्मक मानिएको छ ।
काङ्रेसका केन्द्रिय नेता गोपालमान श्रेष्ठ समेत यो बिध्यालयमा बिब्यस अध्यक्ष बनेको यो बिध्यालयले आवासिय छात्रबास भने पहिलोपटक चलाएको प्र अ पौडेलले बताए ।

होस्टेलको आय ब्यय ब्यक्तिको खातामा

त्रिभुवन आदर्श माध्यमिक बिध्यालयले आवासिय छात्रवास चलाउदा आर्थिक नियम लत्याएको बिषयमा गुनासा र प्रतिक्रियाको चर्चा चलेको छ । एस इ इ छात्रवास र अतिरिक्त कक्षा पढाइ बापत बिध्यार्थिबाट उठाएको शुल्क बिध्यालयको खातामा नराखी ब्यक्तिगत रुपमा श्रेस्ता चलाइएको पुष्टि भएको छ ।
छात्रवासमा बसेका र दिवा होस्टेल बापत बिध्यार्थिबाट शुल्क रकम उठाइएको थियो । होस्टेलमा बस्ने बिध्यार्थिबाट मासिक १३ हजार र अतिरिक्त कक्षा मात्र लिनेबाट ५ हजार रुपैयाँका दरले उठाइएको थियो । यसरी बिध्यार्थिबाट ३२ लाख ५८ हजार ३ सय रुपैया उठेको र २७ लाख २८ हजार ८६० रुपैया खर्छ भइ ५ लाख २९ हजार रुपैया बचेको प्राप्त लिखित सुचनामा जनाइएको छ ।
बिध्यार्थिबाट उठेको पैसा पैसा मध्य खाध्यन्नमा ६ लाख १५ हजार , भएको छ भने अतिरिक्त पढाइ बापत शिक्षकहरुलाइ साढे १० लाख खर्च गरिएको छ । होस्टेलको आय – ब्यय बिबरण बैक खाता बाहिरबाट परिचालन गरिएको छ । बिध्यालयका प्र अ प्रेम नारायण पौडेल र होस्टेल वार्डेन शिव प्रसाद ढकालको नाममा खाता खोली चलाइएको छ । हामिलाइ उपलब्ध गराइएको सुचनामा पुर्णकालिन होस्टेल वार्डेनले २ लाख २ हजार रुपैया लिएको उल्लेख छ । होस्टेल वार्डेन शिव प्रसाद ढकाल छन उनी होस्टेलको आयब्यय राख्ने सयुक्त खाताको सिग्नेचरी पनि हुन । बिध्यालय छेउमा उनको स्टेशनरी पसल पनि रहेको छ । स्टेसनरी पसलबाट ६४ हजारको स्टेशनारी समान खरिद गरिएको उल्लेख छ ।
बिध्यालयको नाममा खाता भएपनी होस्टेलको कारोबार ब्यक्तिगत रुपमा गरिएको बिषयमा कतिपयले कुरा उठाएका छन । यसरी ब्यक्तिगत खातामा किन आयब्यय कारोबार गरिएको भन्ने बिषय स्पष्ट हुन सकेको छैन । बिध्यालयका प्रधानाध्यापक प्रेम प्रसाद पौडेलले पहिलो पटक भएकोले थाहा नभएको बताए । स्थानिय तह पुतलीबजार नगरपालिकाले यो बिषयमा देखाएको मौनताले थप रहस्य जन्माएको छ ।
पुतलीबजार नगरपालिकाका मेयर तुलसिराम रेग्मिसङ्ग यस बिषयमा प्रतिक्रिया लिदा बिध्यालयको खाता बाहिर ब्यक्तिगत सयुक्त खाता खोलेर कारोबार गर्नु नियमसङ्गत नहुने बताए । उनले भने ” यस बिषयमा आफुलाइ केही जानकारी छैन ।” पालिका भित्रको शिक्षा नियमन र अनुगमन गर्ने निकाय नगर शिक्षा समितिलाइ समेत थाहा नदिइ शुल्क उठाउने , खर्च गर्ने र एस इ इको बिध्यार्थिबाट उठाएको शुल्क अन्य कक्षा र बिध्यालयमा खर्च गर्ने अनुगमन र वार्डेनको नाममा खर्च गरिनुलाइ स्वैच्छाचारिताको नमुनाको रुपमा लिइएको छ, अनुगमन शिर्षकमा २० हजार खर्च देखाइएको छ । यसले आर्थिक पारदर्शितामा शङ्का उब्जाएको भन्दै सत्यतथ्य छानबिन गरिनुपर्ने औल्याइएको छ । यसरी बैकिङ दायरा बाहिरबाट कारोबार गरिदा कर छली हुने , अपारदर्शीताले द्वन्द्व बढाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्