अधिवक्ता शिवप्रसाद गौतम
मोबाइल नं. ९८४६६५४४४४
नजिकको तीर्थ हेला भन्छन् । अहिले पोखरा महानगरपालिका वडा नं. ११ मा रहेको पवित्र सेती गंगाको तीर रामघाट तीथर््को स्वरूप ध्वस्त भएको छ । रामघाट शब्द राम र घाट दुई शब्द मिलेर बनेको छ । राम र घाट शब्दको अर्थ बेग्लाबेग्ले छ । रामको अर्थ धेरै छन् । (१) अयोध्याका राजा दशरथ र उनकी पटरानी कौशल्याका जेठा छोरा रामचन्द्र हुन् (२) ईश्वर, भगवान् राम हुन् । (३) प्रसिद्ध तीन रामका नाम (मर्यादा पुरुषोत्तम राम, परशुराम र बलराम (४) मानापाथी आदिले अनाज भर्दा गन्तीको शुभारम्भका रूपमा एक जनाउने शब्द (५) जात्रा रमाइलो सबै राम शब्दको अर्थ हुन् । विष्णुका दश अवतार मध्ये एक राम । रामको जन्म भएको दिन, चैत्र शुक्ल नवमी रामनवमी हो । रामको मात्र भरोसा वा आधार राम भरोसा हो । नेपालको प्रसिद्ध तीर्थस्थल जनकपुरमा रहेको रामको प्रसिद्ध मन्दिर । रामको मूर्ति प्रतिष्ठापित भएको मन्दिर राम मन्दिर हो ।
देशका सबै जनतालाई सुख शान्ति परिपूर्ण हुने रामको जस्तो शासन व्यवस्था भएको आदर्श राज्य, मनमोज ढलीमुली राम राज्य हो । भेटघाट वा विदावारीका क्षणमा भनिने एक किसिमको ढोगभेट जनाउने शब्द, कुनै कुराको नास हुँदा र कसैको दुःख कष्ट देख्ता वा सुन्दा सहानुभूति पूर्वक निस्कने शब्द, कठैवरा, मलामीहरूले शवलाई सागरमा वा घाटमा लैजाँदा दोहो¥याएर भन्ने शब्द राम राम सत्य हो । रामका कथाको अभिनय राम लिला हो । रामको चरित्र तथा कीर्ति वर्णन भएको संस्कृतमा वाल्मीकि, हिन्दीमा सन्त तुलसीदास र नेपालीमा आदिकवि भानुभक्तद्वारा रचित प्रसिद्ध काव्यग्रन्थ रामायण हो । सत्य, त्रेता, द्वापर र कलियुग मध्ये त्रेता युगमा भगवान् विष्णुले त्यो बेला समाजमा हाहाकार गराउने, अत्याचारी, दुष्ट र मिचाहाले आप्mनी धर्मपत्नी सीताको हरण गर्ने लंकाको राजा रावणलाई मारेर समाजमा शान्ति स्थापना गर्ने राजा राम हुन् । उनको कृतिको वर्णन गरेर सम्भव छैन । त्रेता युगमा भगवान् राम आएर सेती गण्डकीमा स्नान गरेका हुनाले यो घाटको नाम रामघाट रहेको हो भन्ने किंवदन्ती छ । यहाँ तीन वटा घाट छन् । वडा नं. ९ मा शान्तिघाट–११ मा रहेको छ । नदीको दायाँ बायाँको किनारा, तीर्थस्थल, नदी वा जलाशयको पानीको पानी भएको ठाउँसम्म पुग्न सकिने संगम स्थान । जहाज डुङ्गा आदिबाट ओर्लने वा तिनमा चढ्ने ठाउँ । आवागमनका ला िगसजिलो ठाउँ, धार्मिक पर्वहरूमा स्नान गरिने पवित्र नदी, पूजा आजा गरिने पवित्र ठाउँ । मृत्यु भएका मानिसको शवको अन्तिम संस्कार गरिने ठाउँलाई घाट भनिन्छ । जस्तो काठमाडौँ पशुपतिनाथ मन्दिरको तटमा रहेको वागमती नदीको किनारा आर्यघाट पोखरा ११ र ९ वडाको सेती गण्डकीको किनारामा रहेको रामघाटहरू तीर्थ हुन् । यसरी राम र घाट दुई शब्द मिलेर बनेको शब्द रामघाट हो । यो रामघाटमा धार्मिक पर्वहरूमा स्नान गर्नेहरूको भिड लाग्छ भने पोखरा सेरोफेरो र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र आय अस्पतालमा उपचार गर्ने क्रममा ल्याइएका व्यक्तिहरूको मृत्यु भएपछि यही घाटमा अन्त्यष्टी गर्ने चलन छ । यो घाटमा दिनमा ४।५ जति शवहरूको अन्त्येष्टि गरेको पाइन्छ । यहाँ अन्त्यष्टि कर्म नभएको दिन हुँदैन ।
यो रामघाट तीर्थको २०३०।२०३१ मा भएको सर्भे नापीमा कि.नं. ११८५ क्षेत्रफल १२३–९–३–३।४ देखाएकोमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने क्रममा सुकुम्बासी आयोगले कित्ता मोड गरी २–६–०–३।४ रोपनी जग्गा उपलब्ध गराउँदा कि.न.ं ५०९२ कायम भएको र १२१–३–३–० रोपनी जग्गा बाँकी रहेको थियो । सेती नदीले आफ्नो घार कहिले पूर्व र कहिले पश्चिम भएर बग्ने क्रमले गर्दा घाटको भाग कहिले पूर्वमा बढी र कहिले पश्चिममा बढी पर्ने गर्दछ । २०६२।६३ मा नयाँ नापी हुँदा सेतीको धार पूर्व तर्फ पर्ने गएकोले हाल सर्भे सिट नं. ०९३–०९२०–२५ कि.नं. १ क्षेत्रफल २३६२२ वर्ग मिटर देखाएको छ । २३६२२ वर्ग मिटरलाई एक रोपनीको क्षेत्रफल ५०८।८० ले भाग गर्दा ७१ं.९७ रोपनी हुन आउँछ । यो जग्गा मध्ये ३६ रोपनी जग्गा पुन समाजले आफ्नो अधिनमा राखेको छ । बाँकी ३५.९७ रोपनी जग्गा रामघाटको देखिन्छ । हिउँदको समयमा नदीमा पानी कम हुने हुनाले नदीको दुवै तर्फका ढुङ्गा बालुवा नदीको आसपास बस्ने सुकुम्बासी हौ भन्नेले डोकोमा बोरामा बोकेर माथि ल्याएर बेच्ने र महानगरले ठेक्का लगाएर बेच बिखन गर्ने गर्नाले रामघाट तीर्थको अवस्था अत्यन्त नाजुक छ । रामघाटमा स्नान गर्न आउने तीर्थालु भक्तजन र शव लिएर लास जलाउन आउनेहरूलाई आफ्नो कार्य गर्ने अत्यन्त कठिनाइ बेहोर्नु परेको छ । यो कठिनाइलाई समाधान गरी तीर्थको रक्षा गर्ने तर्फ कसैको ध्यान गएको छैन । सेवा लिन जानेहरू आफूलाई कठिन भएको महसुस गरेर भन्छन्– घाटको यस्तो विग्रदो अवस्थालाई सुधार्न यहाँका स्थानीय व्यक्ति र सरकारले पहल गर्नु पर्ने हो । गरेको पाइएन भनेर एक आपसमा दुखेसो मात्र पोख्छन् । आफू सम्बन्धित निकायमा गएर यो समस्या समाधान गर्न कसैले पहल गरेको अवस्था छैन । तँ रानी म रानी कसले भर्ला कुवाको पानी भन्ने उखान मात्र छ । नदी दोहनमा महानगर सक्रिय छन् । संरक्षणमा चासो छैन ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय कास्कीले यो ठाउँको ठेक्का लगाएको विवरण यस प्रकार छ । बालुवा ३ घनमिटर प्रति ट्रीप रु. ५०००।– ढुङ्गा रु. ४८००।– ३ घ.मि. प्रति ट्रक, बोल्डर ढुङ्गा ३ मिटर प्रति ट्रक रु. ३८०० गिटी प्रति ट्रक ३ घ. मिटर ४००० विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म यी सामान विक्री गर्ने गरेको त्यहाँको ठेकेदार डिपोले जनाएको हो । डिपोले २०८२ माघ देखि २०८३ जेष्ठसम्म सामान विक्री गर्ने अनुमति पाएको जनाएको र ठेक्का रकम ४ करोड ७० लाख उल्लेख गरेको थियो ।
यो कार्य गर्ने ठेकदारबाट अवाञ्छित रूपमा घाटमा नै हेवी इक्युपमेन्ट लगेर ढुङ्गा, बालुवा, गिटी, बोल्डर ढुङ्गा, उत्खनन गरेर बेचिरहेका छन् । सेतीनदीका ढुङ्गा सबै ठेकेदारले उठाएर लगेकोले अहिले शव दाह गर्न मलामीले चिता बनाउनु आवव्श्यक ढुङ्गा नभएर कठिनाइ भोग्न परेको छ । महानगरले नदीजन्य सबै पदार्थ दोहन गर्ने अधिकार ठेकदारलाई दिएर सेवाग्राहीको अपमान गरेको छ । नदीको किनार मात्र होइन नदी बगेको ठाउँका ढुङ्गा पनि बेचेका छन् ।
यो सार्वमानेक तीर्थको संरक्षणमा महानगरले कुनै चासो राखेको छैन । दोहन गर्ने काम मात्र गरेको छ । श्रद्धालु भक्तजनहरूले सुविधासँग स्नान गर्न पाउने र लास जलाउन आउने मलामीलाई शवदाह गर्न उचित घाट र चिताको व्यवस्था गर्नु महानगरको कर्तव्य हो । यसमा महानगरले कहिल्यै ध्यान दिएन । यो अत्यन्त निन्दनीय परिस्थिति हो । काठमाण्डौँ सहरमा बग्ने बागमती नदी पशुपतिनाथ आर्यघाटमा स्थानीय सरकारले निर्माण गरिदिएका स्नान गर्ने घाट र शवदाह गर्ने चिताको व्यवस्था देख्दा हाम्रो पोखरा महानगरले पनि यस्तो गरिदिए कति राम्रो हुन्थ्यो भन्ने लाग्छ तर यो लेखकको यो अभिव्यक्ति “आकाशका फल आँखा तरि मर” भन्ने उखान सत्य साबित भएको छ ।
पोखरा महानगरले पोखरा बसपार्कका सुकुम्बासी सार्न ६ ठाउँका जग्गा प्रस्तावित गरेको छ । प्रस्तावित ठाउँ मध्ये पोखरा ११ को पुन समाजले भोग गरेको महेन्द्रपुल नजिक पोखराको मुटुमा पर्ने ४६ रोपनी जग्गा प्रस्ताव गरेको छ । यसका लागि १७ नं. का अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा ७ सदस्यीय जग्गा खोज समिति गठन गरेको पाइयो । यो समितिले यो जग्गाका बस्तुस्थिति नबुझी गैर जिम्मेवारपूर्ण निर्णय गरेको छ । प्रस्तावित जग्गामा पहिले पनि सुकुम्बासी रहेका र वर्षात्को समय असार, साउन, भदौ तिर सेती नदीमा बाढी आएर त्यो सुकुम्बासी बस्तीलाई पनि संकट सिजृना गर्दै आएको छ । यसमा साथै नगरका इन्जिनियर सुरेन्द्र पौडेलको अध्यक्षतामा ७ सदस्यीय जग्गा नापजाँच उपसमिति गठन गरेर ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको पाइयो । यो समितिले यो जग्गा स्थानीय गौतम परिवार र जग्गा भोग गरिरहेको पुन समाजसँगको भोगाधिकार प्रमाण आधार के छ ? बुझ्दै नबुझी सुकुम्बासी राख्ने निर्णय गर्नु गैर कानुनी हो ।
यो जग्गा विषयमा २०२१ सालमा रामघाटका आदिवासी गौतम, तिमिल्सिना र थापा परिवारहरू बीच रामघाटको समुच्च जग्गामा तेरिमेरीमा जिल्ला अदालत कास्कीमा मुद्दा चल्दा कास्की जिल्ला अदालतबाट सो मितिमा मिलापत्र भएको थियो । समितिले उल्लेख गरेको ४६ रोपनी मध्ये ३६ रोपनी गौतम परिवारको वि.सं. १९९९ को नम्बरी दर्ता खरबारी हो । गौतम परिवारका पुराना प्रमाणपत्रहरूको आधारमा मालपोत कार्यायलमा दर्ताका लागि निवेदन परेको र लामो समयसम्म मालपोतले अनिर्णयको बन्दी बनाएर राखेकोले जग्गाधनीहरू चक्रपाणि, प्रेमलाल, ढुण्डीराज, सोमनाथ र तोयनाथ गौतमहरूबाट २०५१ सालमा मालपोत कार्यालय, कास्कीका नाउँमा जग्गा दर्ताका लागि परमादेश जारी गरी पाउँ भनी दर्ता भएको रिट निवेदनमा मिति २०५३।१२।०३ मा परमादेश जारी भएपछि मालपोत कार्यालय कास्कीले सो जग्गा दर्ता गर्ने क्रममा नापी शाखाबाट प्राविधिक र मालपोत कार्यालयबाट प्रशासनिक कर्मचारी खटाई सो जग्गाको नापजाँच गरी कित्ता नं. १ देखि ३९ सम्म र क्षेत्रफल ३८ रोपनी कायम भएको छ । मालपोत र नापीको टोलीबाट २०५६।०८।१३ मा सर्जमिन मुचुल्का र रेखाङ्कन मुचुल्का पेश गरेको अवस्थामा केही गौतमहरूले पुन समाजलाई धार्मिक, सांस्कृतिकका साथै कृषि सम्बन्धी विकास गर्न जग्गा उपलब्ध गराए पनि अन्य जग्गाधनीहरू दर्ता गर्ने प्रक्रियामा छन् । पुन समाजले ओगटेको जग्गा गौतमहरूको खरबारी हो । पुरानो तिरोभरो भएको जग्गा धनी र पुन समाजले के का आधारमा जग्गा उपभोग गरेको हो त्यसतर्फ समितिले ध्यानै नदिई सुकुम्बासी राख्न पहिलो नम्बरमा प्रस्तावमा रामघाट क्षेत्रको पुन समाजले चर्चेको करिब ४६ रोपनी जग्गा सुकुम्बासी सार्न गरेको प्रस्ताव गैरकानुनी र हास्यास्पद भएको स्थानीय बासीको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्