२०८३ असार १
०६१४४५०००, ९८५६०३३३९१

रेडिमिक्सको ठक्कर बाट राजिवको निधन , चालक र गाडी प्रहरी नियन्त्रणमा

सवारी पोखरामा सवारी दुर्घटनामा परी नेपाली कांग्रेसका युवा नेता राजीव बास्तोलाको निधन भएको छ।

आइतबार साँझ करिब ६ः१५ बजे पोखराको सभागृहचोक र सिर्जनाचोकको बीचमा बास्तोला सवार मोटरसाइकललाई रेडी मिक्सचरले ठक्कर दिँदा दुर्घटना भएको बैदाम प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै बास्तोलालाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।उनको शवलाई पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

रेडीमिक्सचर र त्यसका चालक हेटौँडाका ४० वर्षीय राजन अधिकारीलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको बैदाम प्रहरी इन्चार्ज प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए ।

 

प्रतिक्रिया दिनुहोस्