काठमाडौँ । औषधि व्यवस्था विभागले पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द गरेको छ । विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको प्रमाणपत्र स्वतः खारेज भएको जनाएको हो ।
तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची ९) स्वतः रद्द भएको जानकारी दिएको छ । औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था र सोही ऐनको दफा ११ को उपदफा ९ बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था लागू गरिएको हो ।
विभागले जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको सूचीसमेत सार्वजनिक गरेको छ । पोखराका फार्मेसी पसलहरुपनी खारेजिमा परेका छन । ब्यबसाय इजाजत खारेज भएपछी कानुन बमोजिम औषधि पसल सन्चालन गर्न मङ्गलबार बाटै पाइदैन ।
यश अघि म्याद समाप्त भएको मितिले ३५ दिन भित्र नवीकरण गर्नु पर्ने र त्यसपछिको ३ महिनासम्ममा २५ प्रतिशत विलम्ब शुल्क तिरेर नवीकरण गर्न सकिने व्यवस्था थियो । तर अहिले संसोधित व्यवस्थामा म्याद समाप्त हुनु अगावै नै नवीकरण गरिसक्नु पर्ने र नगरे स्वत रद्ध हुने व्यवस्था छ । रद्ध भएको जानकारी सार्वजनिक सूचनामार्फत गराउने भन्ने व्यवस्था छ । त्यसैले आज सूचना प्रकाशित गरेका हौँ,’ विभागका प्रवक्ता एवं बरिष्ठ औषधी व्यवस्थापक किरणसुन्दर बज्राचार्यका अनुसार अब खारेज भएकाले ब्यबसाय गर्न चाहेमा तत्काल दर्ता इजाजत लिनुपर्ने हुन्छ अन्यथा ब्यबसाय गर्न पाइन्न्न ।


प्रतिक्रिया दिनुहोस्