जुन माटोमा जन्म लिऔ त्यो माटोलाइ माया गर्नु नै मानविय धर्म र असल नागरिकको कर्म हो । यस्तै असल कर्ममा केन्द्रित छ्न इन्जिनियर उज्ज्वल रेग्मी । इन्जिनियर रेग्मिले भीरकोटका दुई सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेर सामाजिक उत्तरदायी भुमिका निभाएका छन । विद्यालयलाई कम्प्युटर तथा ड्रम सेट प्रदान गरेका छन ।
भीरकोट नगरपालिका–६ निवासी इन्जिनियर रेग्मीले जनसेवा आधारभूत विद्यालय, भीरकोट–६ फोक्सिङ र गडी भञ्ज्याङ आधारभूत विद्यालय, भीरकोट–५ गडी भञ्ज्याङ लाई एक/एक थान कम्प्युटर तथा ड्रम सेट प्रदान गरेका छन । विद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी, प्रविधिमैत्री र सहज बनाउन कम्प्युटर सहयोग गरेको रेग्मीले बताए ।
हालका दिनमा विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोग अपरिहार्य बन्दै गइरहेको अवस्थामा प्रदान गरिएको कम्प्युटरले विद्यालयको अभिलेख व्यवस्थापन, प्रशासनिक कार्य, विद्यार्थीको सिकाइ प्रक्रिया तथा विभिन्न शैक्षिक गतिविधिमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी ड्रम सेटले विद्यालयका शारीरिक व्यायम, अतिरिक्त क्रियाकलाप, सांस्कृतिक कार्यक्रम तथा विद्यार्थीको प्रतिभा विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। बिध्यार्थिलाइ कवाज , परेड र अनुसाससनमा थप बल पुग्ने भन्दै बिध्यार्थी र अभिभावकले खुसी ब्यक्त गरेका छन ।
गडी भन्ज्याङ आधारभूत विद्यालयका प्रधानाध्यापक सरला बि.क. र जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक निलकण्ठ खनालले इन्जिनियर रेग्मीप्रति आभार व्यक्त गरेका थिए । सामाजिक सेवामा रुचि राख्ने इन्जिनियर रेग्मीले शिक्षा क्षेत्रको विकासमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै भविष्यमा पनि आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
स्थानीय स्तरमा व्यक्तिगत पहलबाट गरिएको यो सहयोग अनुकरणीय छ । आफ्नो माटो र आफुले हिडेको बाटो सफा भएमात्र समाजलाइ सहि बाटोमा डोर्याउन सकिने इन्जिनियर रेग्मिले अनुभव सुनाए । सामुदायिक विद्यालयहरूको गुणस्तरीय शिक्षा र समग्र विकासमा टेवा पुग्नुका साथै समाजका अन्य व्यक्तिलाई समेत प्रेरित गर्ने विश्वास गरिएको छ। सामुदायिक बिध्यालय सुधारेर गुणस्तरीय शिक्षा दिन सकियो भने देश र जनताले लक्ष प्राप्त गर्न सक्ने भएकोले आफ्नो लगाव यसैतर्फ केन्द्रित रहेको इन्जिनियर उज्ज्वल रेग्मिको बिचारलाइ हरेक नागरिकले आत्मसात गर्न जरुरी छ । सहयोगदाता रेग्मी हाइड्रोपावर क्षेत्रका अनुभवी र दक्ष इन्जिनियर हुन ।

प्रतिक्रिया दिनुहोस्