२०८३ असार १२
०६१४४५०००, ९८५६०३३३९१

टप्स बोर्डिङका अध्यक्ष थापा बैङ्किङ कसुर र ठगि आरोपमा प्रहरी फन्दामा , करोडौ ठगिको आरोप

बोर्डिङ स्कुल सन्चालनका लागि लगानिकर्ताबाट उठाएको रकम अपचलन गरि ठगी गरेको आरोपमा प्रहरीले पोखरा १० रामघाटमा रहेको टप्स बोर्डिङ स्कुलका सन्चालक अध्यक्ष बलबहादुर थापालाइ पक्राउ गरि अनुसन्धान गरिरहेको छ । थापा यस अघि नै बैङ्किङ कसुर मुद्दामा फरार थिए । उनलाइ पुरानै पक्राउ पुर्जी अनुसार पक्राउ गरेको थियो , पक्राउ पछि उनी उपर आदा दर्जन बढी पिडितहरुले शेयर ठगिमा उजुरी दिएकाछन ।

विद्यालयको शेयर उपलब्ध गराउने आश्वासन दिएर विभिन्न व्यक्तिबाट रकम लिएको तर शेयर हस्तान्तरण नगरेको आरोप सहित दर्ता भएका उजुरीका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार असार ५ गते विभिन्न सात वटा निवेदन तथा पक्राउ पुर्जीसम्बन्धी प्रक्रियाका आधारमा थापालाई नियन्त्रणमा लिइएको हो । हालसम्म ४ करोड रुपैयाँ बराबरको विगो दाबी गरिएको प्रहरीले को दावी छ ।

बैङ्किङ कसुर र ठगी आरोपी -बलबहादुर थापा ( अध्यक्ष )

टप्स सेकेण्डरी बोर्डिङ स्कुल पोखराको पुरानो र स्थापित शैक्षिक संस्थामध्ये एक मानिन्छ । यस अघि रत्नमान गुरुङको समुहले स्थापना गरेको स्कुल दुई बर्ष अघि बल बहादुर थापाको नेतृत्वको टिमले करिव ४० करोडमा खरिद गरेको थियो । खरिद पछि लगानी जुटाउन बिद्यालयकै शेयर बिक्री गर्ने नाममा रकम संकलन गरिएको विषय बाहिरिएपछि विद्यालयसँग सम्बन्धित अन्य शेयर सदस्य तथा अभिभावक वृत्तमा समेत चासो र चिन्ता बढेको छ ।बलबहादुर थापा प्रतिभा माविबाट छुट्टिइ केही बिध्यार्थी समेत लिएर टप्समा लगानी र ब्यबस्थापकिय जिम्मेवारी लिएका थिए ।

पीडितमध्ये एक पार्वती पौडेलले ८४आफ्नो लाख रुपैया नदिएको बताइन । आफुहरु लामो समय देखि ठगिमा पिडित रहेको पौडेलले गुनासो गरिन । उजुरीकर्ताहरूका अनुसार अध्यक्ष थापाले विद्यालयमा आफ्नो करिब ५० प्रतिशत शेयर रहेको दाबी गर्दै विभिन्न व्यवसायी, उद्योगी तथा सर्वसाधारणलाई विद्यालयको शेयर खरिद गर्न आग्रह गर्ने गरेका थिए । कतिपयलाई रकम फिर्ताको प्रतिबद्धता सहित तमशुक र चेकसमेत उपलब्ध गराइएको थियो ।

बलबहादुर थापा बिगत एक हप्ता देखि कास्की प्रहरिको हिरासतमा छन । उनले हिरासतबाटै मिलापत्रको योजना अघि सारेकाछन । मुद्दालाइ कमजोर बनाएर उम्कने दाउमा रहेका थापाले उदारो सम्झौता गर्ने र प्रहरीबाट उम्कने योजनामा रहेका छन । थापा बैङ्किङ कसुर र ठगी मुद्दाको अनुसन्धानमा छन । प्रहरीले पिडितलाइ न्याय दिने गरि मुद्दाको अनुसन्धान गर्न पिडितहरुले माग गरेकाछन ।

प्रतिक्रिया दिनुहोस्