२०८३ असार २४
०६१४४५०००, ९८५६०३३३९१

राजमार्गका होटेलमा यात्रु ठगि , बालश्रम पनि शोषण , राज्यको बेखबर कि मिलेभगत ?

यदुनाथ बन्जारा 

सरकार दर्जनौ पटक फेरिए तर राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेस्टुरेन्टहरुमा रहेका बिकृतिहरु अझै हट्न सकेका छैनन । राजमार्गमा सन्चालित होटेल तथा रेस्टुरेन्टमा बेचिने खाना खाजाको गुणस्तर र मुल्यको बारेमा राज्यका निकायले अनुगमन र नियमन नगर्दा यात्रुहरू समस्यामा परेकाछन । राजमार्गमा लामो दुरिका बसहरु निस्चित र एकान्त ठाउका होटेलहरुमा मात्र रोकिन्छन । यात्रुहरुले न होटल छनोट गर्न पाउँछन् न खाना नै रोजेर खान पाउँछन् । बस चालक र सहचालकको रोजाइलाइ स्वीकार गर्नु यात्रुहरुको बाध्यता नै छ ।

जहाँ बस रोकिन्छ त्यहाको होटल रेस्टुराको बिकल्प नै हुदैन । खाए खा नखाए घिच भने झै खाना खाजा खान बाध्या बनाइन्छ । त्यस्ता होटेल रेस्टुरेन्टमा खाने कुराको मूल्य मनलाग्दी असुल गरिन्छ । प्याकिङ बिस्कुट केक , ब्रेड र लेज कुरकुरेहरु एम आर पि भन्दा प्रत्यकमा १० देखि ३० रुपैया सम्म बढी तिर्नु परेको यात्रुहरुको गुनासो रहि आएको छ तर ती गुनासोको सुनुवाइ कसले गर्ने ? राजमार्गका होटल रेस्टुरेन्ट सन्चालक र कर्मचारीहरु डन जस्तो व्यवहार गर्छन । मूल्य बढी भएन र भनेर प्रश्न गर्यो भने यहाँ यस्तै हो एम आर पि मा खाने भए अन्तै जानू भन्ने रुखो जवाफ पाइन्छ । बस अन्त रोक्दैन यात्रु अन्त कहाँ जाने ? बसवाला र होटल साहुको मिलेभगत कै कारण यात्रु मारमा परेको अधिकास यात्रुको ठहर रहेको छ । यो सेटिङ र यात्रु ठगी नेपालका पुर्व पश्चिम राजमार्ग , पृथ्वी राजमार्ग , सिद्दार्थ राजमार्गमा बढी पाइएको छ ।

बालश्रम शोषण ! प्रशासन बेखबर !!

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहिले चर्चामा छन । सबैले भन्छन चितवनका सिडियो गणेश अर्याल कडा छन तर उनकै जिल्ला चितवनमा पर्ने राजमार्गमा भने उनी कडा हुन सकेको देखिएन । यस्तै एउटा कानुनका आँखा बिझाउने कार्य पृथ्वीराजमार्गको चुम्लिङटारमा रहेको एभरेस्ट होटलमा फेला परेको छ । उक्त होटलमा यो पङ्क्तिकार पुग्दा कलिला दुई जना बालक मध्य एक टेबल पुछ्दै थिए भने अर्का बालक खाना सर्भिस गरिरहेका थिए । कति बर्षका भयौ बाबू ? टेबुल पुछ्ने बालकले भने १४ लागे । त्यत्रै अर्का बालकले भने “१५ बर्ष भए होला ” । यो कुरा सुनिरहेका होटल सन्चालक मुसुमुसु हासिरहेका थिए , उनलाइ ग्लानी होइन गर्व लागेको महसुस हुन्थ्यो । चितवनको इच्छाकामना गाउँपालिकाको पृथ्वी हाइवे चुम्लिङ्टारको होटलमा बालश्रम प्रयोग भैरहदा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाइ थाहा पत्तो नहुनुलाइ बिडम्बना मानिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी मदन तामाङ थिङलाई जानकारी गराइ प्रतिक्रिया लिदा बालश्रम प्रयोग गर्नु कानुन बिपरित कार्य भएको र सिघ्र बजार अनुगमन गरिने बताए तर २ दिनपछी सम्म अनुगमन गर्न गएका छैनन । चितवनको छेउमा पर्यो त्यही भएर समय मिलाउन टाइम लाग्यो तामाङले भने । सुचना दिदा पनि राष्ट्रिय राजमार्गमा समेत अनुगमनमा आलटाल गरिन्छ भने दुर दराजको अबस्था कस्तो होला ? के बजार छेत्र मात्र चितवन हो भन्ने प्रश्न खडा भएको छ । चितवन निलो क्रान्तिको उद्गम जिल्ला हो । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र नम्बर २ र कानुन मन्त्री सोविता गौतमको जिल्ला हो । बाटो बाटोका होटल र ट्वाइलेट अनुगमन र खबरदारी गर्दै हिड्ने माननीय आशिका तामाङ्को छिमेकी जिल्लासङ्ग जोडिएको राजमार्ग हो चुम्लिङ्टारको होटलमा दिन रातै यात्रु ठगिन्छन , बालश्रम शोषण गरिन्छ भने यो सरकारबाट नागरिकले के अपेक्षा गर्ने ? राजमार्गमा सन्चालित होटलको गुणस्तर र मूल्य अनि बालश्रम शोषणको बारे नियमित अनुगमन र कारबाही गर्न सरकारको ध्यान नपुग्नुलाइ बिडम्बना मानिएको छ ।

चुम्लिङ्टारको होटल एभरेस्ट एउटा नमुना होटल हो । राजमार्गका मलेखुको फिस्टेल , मुग्लिनको पुलजिपको होटल , तनहुको जामुने पोखरा हाइवय होटलको लगाएत अधिकास होटल यात्रु ठग्ने र चालक खुसी पार्ने पासो मात्र हुन ।

लामो दुरिको बस चलाउने देशकै ठूलो सस्था पृथ्वी राजमार्ग बस सन्चालक कम्पनिले पनि आफ्ना यात्रुहरुको गुनासो सम्बोधन गर्न सकेको छैन । ब्यबस्थित होटल र गुणस्तरीय सेवाको लागि पृथ्वी राजमार्ग कम्पनिलाइ धेरै यात्रुले सुझाव दिएका छन । अध्यक्ष एन कुमार साइ भन्छन प्रयास भैरहेको छ तर नतिजा देखिएको छैन । नेपाल यातायात व्यावसायि राष्ट्रिय महासङले पनि राजमार्गमा हुने यात्रु ठगिको बारेमा चासो दिएको पाइदैन । महासङका उपमहासचिव भानुभक्त बराल व्यावसायिहरुको सहकार्यमा ब्यबस्थित र गुणस्तरीय होटल सन्चालनमा ल्याउने बताउछन तर कहिले ? त्यो भने अनिश्चित छ ।

राज्य मौन छ , राजनीतिक दल उदासिन छन , आशिका तामाङ जस्ता अभियन्ताहरु हराएका छन, यहि मौकामा चौका हान्न चालक र होटल ब्यबसायी कमाउ धन्दामा लागेका भेटिन्छन , उता बालश्रम ज्युकातिहु छ यात्रुहरु ठगिएका ठगियै छन । यी सबै बुझिसकेपछी एउटा प्रश्न गर्न मन लाग्छ भुइँ मान्छेले कहिले न्याय पाउने ?

प्रतिक्रिया दिनुहोस्