२०८३ असार ३०
०६१४४५०००, ९८५६०३३३९१

शुक्ला साहित्य प्रतिष्ठान द्वारा  भानु जयन्तीमा रचनावाचन

असार २९, 

शुक्ला साहित्य प्रतिष्ठान, पोखराले २१३ औं भानु जयन्तीको अबसरमा आदिकवि भानुभक्तलाई स्ममरण गर्दै रचनावाचन साहित्यिक कार्यक्रम गरी मनाएको छ ।

बिगतका बर्षदेखि नै निरन्तर रुपमा बिभिन्न कार्यक्रम गरी भानु जयन्ति मनाउँदै आएको प्रतिष्ठानले यस पटक आदिकवि भानुभक्तमा सर्मपित कविता बाचन गरी मनाएको प्रतिष्ठानका सह-सचिव संजय थापाले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै कवि एवं प्रतिष्ठानका पुर्व अध्यक्ष नेत्रबहादुर बानियाँले आदिकवि भानुभक्त आचार्यको कवित्व तथा व्यक्तित्वको चर्चा गर्दै, आचार्य नेपाली भाषा र साहित्यको युग नायक भएको बताए । उनले आचार्यद्वारा लिखित भानुभक्तिय रामायणका श्लोक पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक कुञ्जराज थापा , मानार्थ सदस्य कुलबहादुर खत्री, पुर्व अध्यक्ष हरिबहादुर बरुवाललगायतले साहित्यको थप विकास र विस्तारका लागी राज्यले नै योजना बनाउन सके मात्र आदिकविप्रति सच्चा स्मरण हुने बताए ।
पुर्व अध्यक्ष बरुवालले रामायण वाचन समेत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कवि छविलाल आचार्य, इन्दु भट्टराई, पत्रकार यदुनाथ बञ्जराले कविता वाचन गरेका थिए । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव संजय थापाले गरेका थिए

प्रतिक्रिया दिनुहोस्