२०८३ श्रावण ३
०६१४४५०००, ९८५६०३३३९१

१०९ जनाको निशुल्क आँखा जाँच , ५ जनाको मोतियाबिन्दु अस्पतालले निशुल्क अपरेशन गर्ने

हिमालया आँखा अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै जेष्ठ नागरिक मिलन केन्द्र पोखरामा आँखा जाँच शिविर आयोजना गर्दा १०९ जनाको आँखा जाँच सेवा प्राप्त गरेका छन । बिन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिति अन्तरगतको जेष्ठ नागरिक मिलन केन्द्रले आयोजना गरेको शिविरमा १०९ जनाको आँखा जाँच गर्दा ५ जना जेष्ठ नागरिकको आखामा मोतिया विन्दु भएको पाइएको छ । मोतियाविन्दुको अपरेसन आँखा अस्पतालले निशुल्क गरिदिने ब्यबस्था मिलाएको हिमालय आँखा अस्पतालका नेत्र अधिकृत धर्मेन्द्र कुमार घोडासैनीले बताए ।


शनिबार पोखरा २ बिन्ध्यबासिनीमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रमा आयोजित आँखा जाच शिविरमा हिमालय आँखा अस्पतालका नेत्र सहायक परिवारले गरेको जाँच।मा नेत्र अधिकृत धर्मेन्द्र कुमार घोडासिनिको नेतृत्वमा प्राविधिक टोलि खटेको थियो । जाचका क्रममा देखिएका समस्या समाधानका लागि आवश्क पर्ने औषधि निशुल्क उपलब्ध गराइएको नेत्र अधिकृत घोडासैनिले बताए ।
विन्ध्यबासिनी धार्मिक क्षेत्र बिकास समिती अन्तरगत रहेको जेष्ठ नागरिक मिलन केन्द्रले आँखा शिविरको लागि हिमालय आँखा अस्पताल सङ्ग अनुरोध गरेको थियो । आँखा जाँच शिविरमा जयराम अर्यालले सयोजन गरेको कार्यक्रममा धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले शिविरमा सहभागिहरुलाइ शुभकामना दिदै आँखा मानव शरिरको महत्वपूर्ण अङ्ग भएकोले यसको विशेष ख्याल राख्न सुझाव दिएका थिए । यस्ता शिविरहरु जेष्ठ नागरिकको लागि महत्त्वपूर्ण भएकोले सामाजिक उत्तरदायित्व स्वरुप सेवा दिन आवश्यक रहेको शिविरबाट लाभ लिएकाहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्