२०८३ असार २५
०६१४४५०००, ९८५६०३३३९१

गण्डकीमा मुटु स्वास्थ्य केन्द्र स्थापनाको नयाँ बहस : स्वस्थ्य मुटुका डा. सूर्य देवकोटा कस्सिए अभियानमा

कास्किको अन्नपूर्ण होस या रुपाको थुम्को , माछापुच्छ्रे को गाउँ देखि मनाङ्को चामे सम्म पुगेर मुटुलाइ स्वस्थ्य बनाउने अभियानमा लागेका डाक्टर सुर्य देवकोटा असारको २० गते सरोकारवाला सबैलाई एउटै मन्चमा भेला पारेर पोखराको बाराही होटलको सभाहलमा भेटिए । गन्डकी प्रदेश सरकार प्रमुख सुरेन्द्रराज पाण्डे देखि स्वास्थ्यमन्त्री लक्षण बहादुर पान्डे , पोखराका नगर पिता धनराज आचार्या , प्रतिनिधि सभाका माननीय द्वय बिना गुरुङ र उत्तम पौडेल , प्रदेश सभा गन्डकिका सभाषद प्रकाश बराल सहित तीनै वटा सरकार र नीतिनिर्माता र नेपालमा गनेमानेका चर्चित मुटुरोग विशेषज्ञ समेतलाई एउटै मन्चमा राखेर ७ घन्टा बहस गरेपछी गन्डकी प्रदेशको राजधानी सहर पोखरामा बिशिस्टिकृत मुटु उपचार केन्द्रको आवश्यकता सङ्गै स्थापनाको लागि घनिभुत मन्थन सुरु भएको छ ।

गण्डकी प्रदेशमा मुटु रोगको रोकथाम, समयमै उपचार र गुणस्तरीय कार्डियाक सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित “गण्डकी मुटु सम्मेलन–२०२६” सफलतापूर्वक सम्पन्न भएको छ। स्वस्थ्य मुटु नेपालको आयोजनामा सम्पन्न सम्मेलनले मुटु स्वास्थ्यलाई प्रदेशको प्राथमिक जनस्वास्थ्य एजेन्डाका रूपमा स्थापित गर्न महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।
सम्मेलनको उद्घाटन मुख्यमन्त्री सुरेन्द्र राज पान्डेले गर्दै मुटु रोगको बढ्दो चुनौतीलाई समयमै सम्बोधन गर्न सरकार, स्वास्थ्य संस्था, निजी क्षेत्र र समुदायबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको धारणा राख्दै गण्डकी प्रदेश सरकार बिशिस्टिकृत मुटुरोग उपचार केन्द्र स्थापना र सन्चालनका लागि सकारात्मक रहेको प्रतिबद्धता जनाएका थिए ।
गण्डकी हार्ट मिट २०८३ कार्यक्रममा स्वस्थ्य मुटु नेपालका अध्यक्ष मुटु रोग बिशेषज्ञ डाक्टर सुर्य देवकोटाले स्वागत मन्तव्य राख्दै मुटु रोगविरुद्धको अभियान अस्पताल भित्र मात्र सीमित नरही समुदायसम्म पुग्नुपर्नेमा जोड दिएका थिए । उहाँले “रोकथाम नै उपचारको पहिलो आधार” भन्ने अवधारणालाई व्यवहारमा उतार्न नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली, समयमै निदान र सहज उपचार सेवाको विस्तार अपरिहार्य रहेको बताए ।
सम्मेलनमा गण्डकी प्रदेशमा मुटु रोगको वर्तमान अवस्था, उपचारमा बिरामीहरूले भोगिरहेका चुनौती, आपत्कालीन कार्डियाक सेवा, जोखिम न्यूनीकरण, आधुनिक कार्डियाक इन्टरभेन्सन तथा भविष्यका सम्भावनाबारे विज्ञहरूले विस्तृत प्रस्तुति दिएका थिए। साथै प्रदेशभर प्रभावकारी कार्डियाक सेवा विस्तारका लागि आवश्यक नीति, पूर्वाधार, दक्ष जनशक्ति उत्पादन तथा बहुपक्षीय सहकार्यका विषयमा गहन छलफल गरिएको थियो।
सम्मेलनले “गण्डकी मुटु सम्मेलन–२०२६ : कार्यान्वयनयोग्य न्यूनतम साझा प्रतिबद्धता” समेत सार्वजनिक गर्दै मुटु रोगलाई गम्भीर जनस्वास्थ्य संकटका रूपमा स्वीकार गरी यसको रोकथाम, उपचार तथा व्यवस्थापनमा सबै सरोकारवालाको साझा प्रतिबद्धता व्यक्त गरिएको छ। सम्मेलनले विद्यमान स्वास्थ्य पूर्वाधारलाई थप सुदृढ बनाउँदै सहकार्यका माध्यमबाट प्रदेशभर आधुनिक र पहुँचयोग्य मुटु उपचार सेवा विस्तार गर्ने निर्णयसमेत गरेको छ।

सम्मेलनमा सहभागीहरूले पोखरालाई अत्याधुनिक कार्डियाक उपचारको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने, गण्डकी प्रदेशभित्रै गुणस्तरीय सेवा उपलब्ध गराएर बिरामीलाई राजधानीसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, चिकित्सक, नीति निर्माता, सञ्चारकर्मी, पर्यटन व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वस्थ्य मुटु नेपालको नेतृत्वमा सञ्चालन गरिरहेको जनचेतना, रोकथाममुखी स्वास्थ्य अभियान तथा विशेषज्ञबीच सहकार्य विस्तार गर्ने प्रयासलाई अत्यन्त प्रशंसनीय र समयसापेक्ष पहलका रूपमा मूल्यांकन गरेका थिए।


सम्मेलनले मुटु स्वास्थ्यलाई जनस्वास्थ्यको प्राथमिकतामा राख्दै स्वस्थ, सचेत र समृद्ध गण्डकी निर्माणका लागि सरकार, निजी क्षेत्र, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। प्यानल डिस्कसनमा सहभागी सासद उत्तम पौडेल , गन्डकिका सभाषद प्रकाश बराल , मेयर धनराज आचार्यले मुटुरोग हस्पिटलको स्थापनाको लागि जग्गा तयार रहेको तर अरबौ लाग्ने यो मुटुरोग अस्पताल लगानी र सन्चालन कसले र कहिले गर्ने भन्ने बिषयमा अन्योल रहेको बिषयमा बहस भएको थियो ।
हरिचोकमा रहेको जग्गा संघीय सरकारको नाममा छ तर संघीयता बजेट सुनिस्चित नभएकोले हाल भैरहेको अस्पतालबाटै जनशक्ति र उपकरण थपेर विशिष्ट सेवा दिनु उपयुक्त हुने बिज्ञ हरुले बताएकाछन । पोखरामा कुनै अस्पताल सङ्ग जोडेर मुटु रोग उपचार केन्द्र बनाउनु भन्दा स्वायत्त सस्था स्थापना गरेर बिशिस्टकृत मुटु अस्पताल बनाउन सके त्यसले प्रत्यक्ष लाभ दिन सक्ने बिज्ञहरुको राय सुझावलाइ आत्मसात गर्ने हो भने त्यसले सर्बजन हिताय कार्य हुने बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्