२०८३ जेष्ठ १२
०६१४४५०००, ९८५६०३३३९१

स्थानिय सरकारको अलपत्रे बिकाश बगरको योजनामा समय सकियो योजना बेहाल

पोखरा महानगरपालिकाले ७७लाख ३३हजारमा सम्झौता गरेको नाला तथा फुटपाथ स्ल्याब निर्माण कार्यको ठेक्का अलपत्र अबस्थामा रहेको देखिन्छ । पोखरा महानगरपालिका वार्ड नम्बर १बगर स्थित धोबिगौडा मानसडकको योजना निर्माण कार्य  बेहाल अबस्थामा रहेको यो तस्वीरले बताउछ ।
स्काई कन्स्ट्रक्सन एन्ड बिल्डर्स नयाबजार पोखरा र महानग बिच २०७९ माघ २६ गते सम्झौता  भइ कार्यादेश दिइएको थियो । योजना सम्पन्न गर्ने  मिति २०८० असार १५ गते सम्मको रहेकोमा साउन दोस्रो हप्ता पुग्दा सम्म अलपत्र अबस्थामा  रहेको पाइएको छ ।
उक्त सडकमा नाला तथा फुटपाथ निर्माण  कार्य अलपत्र हुदा सडक प्रयोगकर्ता मात्र नभइ सडक आसपासका स्थानीयहरु असुबिधा महसुस गर्न बाध्य  भएको गुनासो गरेका छन । योजना ठेकेदारलाइ जिम्मा लगाउने तर कार्य प्रगतिको बारेमा अनुगमन र नियमन गर्न नसक्दा राज्यको लगानिमा भद्दा सिकायत हुँदै आएको छ ।
योजना निर्माण कार्यमा भएको ढिलाइ हुनुमा वडाका जनप्रतिनिधि र प्राबिधिक कारक तत्व रहेको पाइएको छ । वडा नम्बर एकका वडा अध्यक्ष  साहारा प्रधान अलपत्र  योजनाको म्याद थप गरिएको बताउछन । काम नसक्नेलाई  कारबाही  गर्नुको सट्टा पुरस्कार स्वरुप म्याद थप गरिदा ढिलासुस्तीको रोगलाइ मलजल भएको छ । योजना दिनु मात्र राज्यको कर्तब्य नभै बेलैमा गुणस्तरीय  काम सकाउनु  मुख्य दायित्व हो भन्ने बुझ्नु आवश्यक  छ ।

प्रतिक्रिया दिनुहोस्