२०८२ फाल्गुन २०
०६१४४५०००, ९८५६०३३३९१

दीप युनाइटेडको खुल्ला रक्तदानमा ५४ युनिट रगत सकलन , ४९ पटकका रक्तदाता बानियाँले गरे पहिलो रक्तदान

 

दीप युनाइटेड क्लबको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ५४ युनिट रगत सकलन भएकोछ । महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अबसरमा हरेक बर्ष आयोजना गर्दै आएको ११ औ शृङ्खलाको उद्घाटन ४९ औ पटकका रक्तदाता राम बहादुर बानियालाइ ब्लड ब्याग हस्तान्तरण गर्दै वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले गरेका थिए ।

सामाजिक क्षेत्रमा कृयासिल सस्था दीप युनाइटेड क्लबले हरेक बर्ष रक्तसदान कार्यक्रम  गर्दै आएको प्रती आभार ब्यक्त गर्दै प्रमुख अतिथी अमृत शर्माले आयोजकको योगदानको  उच्च  मुल्यांकन गर्दै क्लबलाइ स्थानीय तहको सहयोग रहने  प्रतिबद्धता जनाएका थिय ।  सुर्योदय सेकेन्डरी स्कुलको सहयोग र दीप युनाइटेड क्लबको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रमको सयोजक क्लबका उपाध्यक्ष  बिष्णु  गुरुङ्ले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सन्चालन क्लबका सचिब भिम प्रसाद आचार्यले गरेका थिए । दीप युनाइटेड क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा आयोजित खुल्ला रक्तदान कार्यकक्रममा  रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा वडा नम्बर १६ का जनप्रतिनिधिहरु रामकाजी गुरुङ , रामचन्द्र आचार्या , राजकुमारी बानियाँ र मन्जु नेपालीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्