२०८२ फाल्गुन २७
०६१४४५०००, ९८५६०३३३९१

८ को पक्राउ पछि गुन्डागर्दी ग्याङको भागाभाग कास्की प्रहरी द्वारा चाड पर्व लक्षित सचेतता सन्देश जारी

नेपालिहरुको महान चाड दशै तिहार नजिकिए सङै हुने सम्भावित चोरी डकैती  लुटपाट  हिंसा बाट  जोगिन कास्की प्रहरीले आम नागरिकका नाममा सचेतना सन्देश प्रबाह  गरेको छ । ठुला चाड पर्बको मौका छोपी चोरी लुटपाटको घटना हुने गरेका बिगत बर्षका जस्तो पिडादायी दिन आउन नदिन नागरिक स्वएम चनाखो हुनुका साथै सुरक्षा  साबधानी अपनाउन प्रहरीले बिज्ञप्ति मार्फत आव्हान  लगरेको छ । 
   दशै तिहारका बेलामा आइपर्ने  सुरक्षा चुनौती लाई न्यूनीकरण गर्न  नागरिकले प्रहरीलाई सहयोग गर्न कास्की  प्रहरीले अनुरोध गर्दै जारी बिज्ञप्तिम सम्भावित क्षती र्दुघटनाबाट जोगिने उपाएहरु सुझाएको छ । आफ्नो घर टोलमा सिसि टिबि क्यामरा जडान गर्ने , डलर पैसा साट्फेर गर्दा चनाखो रहने , जुवातास नखेल्न, नसालु पद्दार्थ नखान ,चिट्ठामा सहभागी  नहुन, पटका भुइँ चम्पा कारोबार र प्रयोग नगर्न , मापसे गरि सवारी नचलाउने लगाएतका बिषयमा  कास्की प्रहरीले सचेत गराएकोछ ।
गुन्डाहरुको भागाभाग !
एसपी मोहन कुमार थापाले कास्की प्रहरिको कमान्ड समालेपछी  गुण्डा गर्दी नियन्त्रण गरि शान्ति  सुब्यबस्था कायम गर्ने अभियानलाइ  प्राथमिकता दिदै आएका छन । मनिपाल अस्पतालको बिरामी मृत्यु प्रकरणलाई लियर पोखराको बजार बन्द गराउन  आतंक  मच्चाउदै हिडेका युवाहरूलाई  खोजिखोजी पक्राउ गरि मुद्दा चलाएपछी  अन्य टोले गुन्डाहरुको सातो पुत्लो गएको छ । उक्त प्रकरणमा कास्की प्रहरीले ८ जना हुल्लडबाजलाइ स्वास्थ्यकर्मी तथा स्वास्थ्री सस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ सन्सोधन २०७९ सहितको कानुन बमोजिम पक्राउ गरि कास्की जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान  गरिरहेको बताएको छ उक्त काण्डमा  सम्लग्न हरुको व्यापक खोजी भैरहेको कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले बताए । केही समय यता कास्किमा गुन्डागर्दी बढ्दै  गएको तर्फ चिन्ताब्यक्त भैरहेको बेला  बढेको प्रहरी सक्रियताले आम नागरिकमा खुसी सन्चार गराएको छ । 
 गुन्डागर्दी पृष्ठभुमिबाट नाटकिय रुपमा व्यावसायिक  बाटो समातेका महेन्द्र भोटे भन्ने शिव बहादुर गुरुङ सुर्य दर्शन  सहकारीको  करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा जोडिय पछि उनी फरार भएकोले खोजी कार्य जारी रहेकोछ । बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने , ब्यक्तिगत लगानी गर्ने जो कोहि भएपनी अनुसन्धानको दायरामा ल्याइने एस पि थापाले बताएकाछन ।  प्रहरीले सक्रियता बढाएपछी सुर्यदर्शन सहकारीका पीडित बचतकर्ताहरुले खुसी पलायको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्