पोखरा महानगरपालिकाले कक्षा ११ -१२ को लागि लिएको सस्थागत बिध्यालय छात्रवृत्ति परिक्षाको नतिजा सार्बजनिक गरेको छ । महानगरपालिकाले एस इ इ परिक्षाको नतिजा भएको भोलिपल्ट असार १३ गते छात्रवृत्तिमा पढ्न इच्छुक बिध्यार्थिहरु सङ्ग आबेदन माग गरि सार्बजनिक सुचना प्रकाशन गरेको थियो । १९ गते भित्र फर्म भरेका बिध्यार्थिहरुको असार २१ गते शनिबार परीक्षा लिएको थियो ।
विभिन्न लक्षित बर्गलाइ केन्द्रित गरि लिइएको परिक्षामा कुल ४९७ जना बिध्यार्थिले छात्रवृत्ति प्राप्त गरेका छन । दलित , जनजाती , मधेसी , बिपन्न र जेहेन्दार बर्गमा नियमानुसार छात्रवृत्ति प्रदान गरिएको पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भन्डारीले बताए ।
२२ गते महानगरपालिकाले सार्बजनिक गरेको छात्रवृत्ति नतिजा अनुसार बिज्ञान बिषयमा १६२ जना , ब्यबस्थापन बिषयमा २४१ जना , होटल ब्यबस्थापन बिषयमा ८० जना र कानुन , मानबिकी तथा शिक्षा बिषयमा १४ जना गरि कुल ४९७ जनाले छात्रवृत्ति पाएका हुन । उतिर्ण बिध्यार्थिहरुले असार २५ गते भित्र शिक्षा महाशाखा बाट पत्र लिइ तोकिएको सस्थागत बिध्यालयमा बुझाइसक्नुपर्ने शिक्षा अधिकृत जीवन प्रसाद रेग्मिले बताए ।

प्रतिक्रिया दिनुहोस्