नेपालको सरकारले सवारि चालक अनुमतिपत्र परिक्षा र ट्रायललाइ मर्यादित र ब्यबस्थित बनाइएको दाबी गरिरहदा पोखरामा लाइसेन्सको ट्रायल परीक्षा पास गराउने ठेक्का लिएका नयाँ गिरोह रङ्गेहात फेला परेको छ ।असार २३ गते सोमबार कारको ट्रायल दिने कार्यमा सम्लग्न भइ फर्कने क्रममा कर्मचारीले सोधपुछ गर्दा नागरिकतामा रहेको बुवाको नाम भन्न नसक्दा परिक्षार्थी नक्कली रहेको खुलेको छ ।
पोखरा ७ मासबार बस्ने कुमार भन्डारीको नाममा कारको लाइसेन्स परीक्षा दिन बागलुङ नपा स्थायी घर भइ कुश्मा नगरपालिका ६ नम्बर वडा बस्ने ३२ बर्षिय मोहम्मद रहिमले ठेक्का लिएको र उक्त कार्यको लागि बिचौलिया (दलाल ) मार्फत रहिमले १० हजार रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कास्की प्रहरीले बताएको छ । बिचौलिया दलाल को थियो भन्ने खुलेको छैन ।
नक्कली परिक्षार्थी बनेका मोहम्मद रहिमलाइ कास्की प्रहरी हिरासतमा राखी अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबाबू ओलियाले बताए ।
नागरिकता पनि नक्कली
पक्राउ परेका नक्कली परिक्षार्थी मोहम्मद रहिमले सक्कली परिक्षार्थि (आबेदक ) कुमार भन्डारीको नागरिकतामा भन्डारिको फोटो उप्काइ आफ्नो फोटो र होलोग्राम स्टिकर टास गरि ट्रायल परीक्षा दिन गएका थिए । कुमार भन्डारिको नाममा हाजिर गरि ट्रायल दिन गएको र ट्रायल पास गरि फर्कने क्रममा बुवाको नाम सोद्दा अलमलिए पछि परीक्षा समितिले नियालेर खोज तलास गर्दा नागरिकता र परिक्षार्थी दुबै नक्कली भएको खुलेको थियो । दलालले आफुलाइ १० हजारमा जिम्मा दिएको रहिमले बताएकाछन ।
यो नक्कली परिक्षार्थी प्रकरणमा सङ्गठित गिरोह रहेको आशङ्का उब्जिएको छ । सक्कली परिक्षार्थी कुमार भन्डारी कुन दलालको सम्पर्कमा पुगे ? दलाललाई कसले भेटायो ? नक्कली परिक्षार्थी मोहम्मद रहिमलाइ कुन दलालले किन्यो ? रहिम कहिले देखि यो धन्दामा छन ? हालसम्म कति वटा नक्कली परिक्षार्थी बनेर ट्रायल दिए ? नागरिकताको फोटो र होलोग्राम स्टिकर ( सरकारी कागज किर्ते ) फेर्ने कार्य क कसले कहिले बाट कतिवटामा गरियो भन्ने बिषयमा गम्भीरतापूर्वक छानबिन गरिनुपर्छ तबमात्र सक्कली लाइसेन्सको लागि नक्कली धन्दा गर्ने सङ्गठित गिरोहको पर्दाफास हुने निस्चित छ ।

प्रतिक्रिया दिनुहोस्