अन्ततः नेपालमा सुनचाँदी कारोबारमा विलासिता कर लाग्न सुरु भएको छ । सरकारको आर्थिक विधेयकमार्फत व्यवस्था भए बमोजिम कारोबारको २ प्रतिशत बराबरको विलासिता कर लाग्न सुरु भएको हो । असार २६ गते सरकार र व्यावसायि संघ बीच ६ बुदे सहमती भइ हड्ताल स्थगित भएको थियो ।आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता भने लिएको छैन ।
बिलासिता कर प्रत्येक कारोबारमा आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता भने लिएको छैन । । बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ ।
अघिल्लो आर्थिक वर्षको १० लाख रुपैयाँभन्दा धेरै खरिदमा मात्रै यस्तो कर लाग्ने व्यवस्था थियो । अब जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि यो कर तिर्नुपर्नेछ ।
उक्त कर खारेजी गर्न माग गर्दै अहिले व्यवसायीहरू आन्दोलन गर्दै आएका थिए । सरकारसँग ‘समस्या समाधान गर्ने’ सहमति भएर आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता भने लिएको छैन
आज सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ छ । विलासिताबापतको २ प्रतिशत जोड्दा ग्राहकले सो मूल्यमा थप २ प्रतिशत करिब ३८३६ रुपैयाँ थप तिर्नुपर्छ । प्रत्येक कारोबारमा यस्तो लाग्दै जाने व्यवस्था छ । व्यावसायि संघले यसबारेमा के गर्छन् त्यो प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्