२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

कार्डियाक सोसाइटी नेपालमा डा चन्द्रमणी अधिकारी गण्डकीबाट डा नवराज , केन्द्रीय सदस्यमा डा सुर्य देवकोटा

मुटु रोग विशेषज्ञहरुको पेशागत छाता सस्था कार्डियाक सोसाइटी अफ नेपालको हालै सम्पन्न राष्ट्रिय सम्मेलनले सहिद गङ्गालाल हृदय रोग केन्द्र बासबारीका डा. चन्द्रमणी अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति निर्बाचित गरेको छ । उपाध्यक्षमा दिपाङ्कर प्रजापति र महासचिवमा मनमोहन कार्डियो भास्कुलर महाराजगन्जका डा चन्द्रमणी पौडेल र उपमहासचिवमा डाक्टर कुन्जङ शेर्पा निर्बिरोध निर्वाचित भएका छन ।
यस्तै कोषाध्यक्ष डाक्टर रन्जित बराल निर्वाचित भएका छन । राष्ट्रिय सम्मेलनले ७ प्रदेश मध्य ६ प्रदेश सयोजक निर्बाचित गरेको छ जस अनुसार कोशीमा राजेश नेपाल , मधेसमा डा अमित कुमार सिह , बागमतीमा डा रवि शाही , गन्डकिमा डा नवराज पौडेल ,लुम्बिनीमा डाक्टर कृष्ण चन्द्र अधिकारी , सुदुर पश्चिममा डा बिप्लव कार्कि निर्वाचित भएका छन ।
३ जना केन्द्रीय सदस्यको लागि भएको निर्बाचन (मतदान ) मा मनमोहन कार्डियो भास्कुलर अस्पताल महाराजगन्जमा कार्यरत डाक्टर सुर्य देवकोटाले १११ लोकप्रिय मत ल्याइ बिजयी भएका छन भने ९५ मत पाई डाक्टर बिनायक गौतम र ८३ मत पाई डाक्टर राधा भट्टराई निर्वाचित भएका छन ।
कार्डियाक सोसाइटी नेपालले देशभरका मुटु रोग उपचार सम्बन्धि नितिगत सुधारका लागि सरकारलाइ सहयोग पुर्याउनुका साथै पेशागत मर्यादा र व्यावसायिकतालाई मध्यनजर गर्दै मुटु रोग सम्बन्धमा निदान र सचेतना फैल्याउदै आएको छ । मुटु उपचार र शल्यक्रिया सम्बन्धि बिज्ञ चिकित्सकहरुको छाता सस्थाले मुटु रोग तथा सर्जन विशेषज्ञ सेवामा समर्पित चिकित्सकहरुको सुरक्षा र पेशागत प्रबर्द्धनमा काम गर्ने केन्द्रिय सदस्य डाक्टर सुर्य देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्