२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

क्रान्तिकारी नेताको अमेरिका मोह, रमाइ अमेरिकामा,सरकारी कमाइ नेपालकै खातामा !

अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारबाद को नारा उरालेर राजनितिक आकाशमा उदाएका नेकपा माओबादिका नेताहरु अन्ततः अमेरिकामै आफ्नो सपना बुन्दै उतै रमाउन र कमाउन थालेको पाइएको छ । यसले कथनी र करनिमा परस्पर बिरोधी कुरा छ्ताछुल्ल भएका छन ।
कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल बिगत १३ महिना देखि अमेरिका तिरै बरालिएका छन । मादी गाउँपालिकामा
उनी अमेरिका जानु अघि महिला वडा सदस्य लक्ष्मी गिरीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। वडा अध्यक्ष दहालले आफ्नै पालिकाका सहकर्मी र कर्मचारी हरुलाइ समेत झुक्याएर अमेरिका भासिएका बताइएको छ । कार्यबाहक दिने वडा सदस्यलाई समेत आफू स्वास्थ्य चेक गराउन एक हप्ताक्क लागि काठमाडौ जान बताएको थिए । केही दिनलाई वडा बाहिर रहने भन्दै उनले महिला वडा सदस्य लक्ष्मी गिरीलाई ०८१ असार १६ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएको पालिका स्रोतले बताएको छ ।

दाहालले परिवारका सदस्य दुर्घटनामा घाइते भएकाले उपचारका लागि एक सातालाई काठमाडौं जानुपर्ने कारण देखाएका थिए । करिब एक हप्ता पछि दहालले आफुलाइ झुक्याएर अमेरिका पुगेको खबर थाहा पाँए का बा अध्यक्षले गुनासो गरिन ।

त्यसो त उनले पटकपटक आफू फर्की हल्ने भन्दै सन्देश पठाए तर उनी आएनन । अमेरिका पुगेपछि उनले दुई महिनामा फर्कने अर्को सन्देश पठाए । पछि फेरि ६ महिनाको समय मागे । एक वर्षमा फर्कने भनेर अन्तिम मौका मागे । एक वर्ष हुँदा पनि उनी फर्किएका छैनन् । वडाध्यक्षले पटकपटक झुट बोलेपछि गिरीले कार्यवाहक सम्हाल्न नसक्ने भनेर दुईपटक गाउँपालिकाको कार्यालयमा निवेदन दिइन् । गाउँपालिका अध्यक्ष र कार्यपालिकाले अन्य विकल्प नभएकाले जिम्मेवारी नछोड्न आग्रह गरे । यसपछि गिरीले नै कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् । पालिकाका अध्यक्ष देविजङ गुरुङले सराङ्कोट सङ्ग भने ” झुक्याएका झुक्याइ छन कहिले आउने हो थाहा छैन ।”

गाउँ पालिकाका जनप्रतिनिधिहरु गाउमा भन्दा सदरमुकाम र राजधानी तिरै बस्ने गरेका कारण गाउमा समस्या पर्ने गरेको छ । मादी -१२ का अरु तीन जना वडा सदस्यहरु पोखरा र काठमाडौं बस्ने भएकाले आफूले नै जिम्मेवारी सम्हाल्न बाध्य भएको उनले बताइन् । वडामा नागरिकता, चार किल्लाको सिफारिस दिने काम गरेको गिरिले बताइन

वडाध्यक्ष दाहालले कात्तिक दोस्रो साता नेपाल फर्कने सन्देश पठाएको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बताए । ‘हामीले उहाँको खोजी गर्ने भन्ने निर्णय गरेका थियौं । त्यसपछि उहाँले म कात्तिक दोस्रो हप्तासम्म आउँछु भन्नुभएको छ,’ उनले भने । अध्यक्ष गुरुङले भने हामिले उनको पार्टी माओबादिलाइ जानकारी गराइसकेको दाबी गरे ।

वडाध्यक्ष दाहाल एक वर्षदेखि सम्पर्कविहीन भएपछि गाउँपालिकाले माओवादीको पालिका कमिटीलाई गत असार ५ मा पत्र लेखेको थियो । पार्टीको सम्पर्कमा भए–नभएको र उनको अवस्था जानकारी गराएर सहयोग गर्न अध्यक्ष देवीजंग गुरुङले पत्र पठाएका थिए । माओवादी मादी गाउँ कमिटी अध्यक्ष मित्रबहादुर गुरुङले वडाध्यक्ष दाहाल पार्टीलाई पनि जानकारी नगराई अमेरिका गएको बताए । ‘जाने बेलामा हामीलाई केही भन्नुभएन । अहिले सोधखोज गर्दा कात्तिकमा फर्कन्छु भन्ने कुरा आएको छ,’ उनले भने ।

 

वडाध्यक्ष दाहाल अमेरिका हुँदा पनि उनको नेपालस्थित बैंक खातामा सेवासुविधा दाखिला भएको छ । गाउँपालिकाको कार्यालयले उनी अमेरिका गएपछिको ५ महिनासम्म सात वटा शीर्षकमा करकट्टी गरेर कुल १ लाख ३३ हजार ६ सय ५० रुपैयाँ उनको खातामा पठाएको छ । गण्डकी प्रदेश सरकारले २०७७ सालमा बनाएको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनकै आधारमा स्थानीय तहका जनप्रतिनिधिले सेवा सुविधा पाउँछन् । हाजिर नभएको अबधिको रकम किन हालिदिएको त ? मादी गाउँ पालिकाका सूचना अधिकारी सुबोध खनाल भन्छन “खातामा रकम हाल्ने गरिएको छ हाल्ने नहाल्ने भन्ने बिषयमा कानुनले केही बोलेको छैन ” त्यही भएर गयो । गत मन्सिर बाट खर्च नहालिएको खनाल बताउछन ।

गण्डकी प्रदेश सरकारले बनाएको ऐनले तलब वा पारिश्रमिक भनेर एकमुष्ट सेवासुविधाको व्यवस्था गरेको छैन । ऐनले इन्धन, मोबिल, यातायात, पत्रपत्रिका तथा इन्टरनेट सुविधा, अतिथि सत्कार, अनुगमन, समन्वय र सहजीकरण, चाडपर्व, भ्रमण भत्ता, बिमाको व्यवस्था गरेको छ । उनले अमेरिका गइसकेपछि अर्थात् साउनदेखि मंसिरसम्म यातायात सुविधा ७ हजार ५ सय, पत्रपत्रिका तथा इन्टरनेट १७ हजार ५ सय, टेलिफोन सुविधा १७ हजार ५ सय, अतिथि सत्कार ३० हजार, अनुगमन ३० हजार, समन्वय र सहजीकरण १२ हजार ५ सय रुपैयाँ बुझेको पालिकाले बतायो  । यश बाहेक चाड पर्व खर्च २० हजार रुपैयाँ पनि दहालको खातामा गएको छ ।

मादि १२ का वडा अध्यक्षक यो अमेरिका भगुवा प्रकरण एउटा नमुना मात्र हो । अमेरिका बिरोधी गाली गरेर राजनिती गर्ने पार्टिका कार्यकर्ता नै यसरी उतै भासिनुलाई बिडम्बना मानिएको छ । देश भरका पालिकाबाट खोजी गर्ने हो भने सय भन्दा बढी जनप्रतिनिधि युरोप र अमेरिका भासिएका छन तर पनि राज्यको कमजोर सयन्त्रको कारण त्यसरी बर्षौ गयल हुनेलाइ पनि खातामा पैसा पठाएर अनियमितता गर्दै आएका छन । महिना ३ वटा बैठकमा हाजिर नहुने जनप्रतिनिधिलाई मासिक खर्च खातामा हाल्न रोक्न जरुरी छ । कानुनको छिद्र तत्काल सच्याउने काम गर्नुपर्छ । स्मरणीय छ पोखरा २० न वडाका वडा सदस्य उत्तम गुरुङ गत बर्ष १५ महिना अमेरिका गएर हराएका थिए तर महानगरले उनको खातामा खुरुखुरु पैसा हालेको थियो पछि अख्तियारले छानबिन गरि रकम फिर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्