२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

याङ्गो राइड शेयरिङले कमिसनमा करोडौ बिच्छयायो , काठमाडौमा आक्रामक प्रबेस

राइड शेयरिङ ब्यबसायको बैधानिकता माथी चर्चा भइरहदा काठमाडौमा याङ्गो नामको राइड शेयरिङ ब्यबसाय आफ्नो प्रभुत्व जोगाउने उद्देश्यले आक्रामक ढङ्गले उपस्थिति जनाएको छ । यश अघि चलेका पठाओ , इन्ड्राइभ लगायतलाइ समेत माथ खुवाउने गरि याङ्गोले ठूलो बजेट बिच्छ्याएको पाइएको छ ।
रसियन कम्पनीको मुख्य लगानी रहेको याङ्गोले काठमाडौ उपत्यकामा चल्ने ट्याक्सिहरुलाइ याङ्गो कम्पनी सङ्ग जोडाउने योजना मुताविक उसले चालकहरू विशेष योजना ल्याएको थियो । याङ्गोले ट्याक्सिमा प्रचार लोगो स्टिकर टास्नेलाइ मासिक १५ हजार दिने गरेको छ । याङ्गोको एप प्रयोग गर्न प्रोत्साहन गर्दै प्रती एक दिन २२ वटा ट्रीप बुक गरि सेवा दिएमा दैनिक ७ हजारतिरिक्त कमिसन दिने गरेको थियो । यो योजनामा काठमाडौ उपत्यकाका ५ हजार बढी ट्याक्सी ले सदस्य बनेर एप लिएको बलियो अनुमान गरिएको छ । प्रती दिन प्रती ट्याक्सी ७ हजारका दरले एकै दिनमा करिब ३ करोड ५० लाख रुपैयाँ कम्पनिले कमिसन बाड्ने गरेको खुलेको छ ।
याङ्गो कम्पनिले बजार कब्जा गर्ने नीति बमोजिम यात्रु शुल्क अरु कम्पनिको तुलनामा कम राखेको थियो । यात्रु बोकेको बाहेक नै दैनिक ७ हजार आउने भएपछी चालक हरु याङ्गो कम्पनिको एप तर्फ आकर्षित भएका थिए । याङ्गोले सुपथ योजना ल्याएपछी काठमाडौमा इन्ड्राइभले चालक बाट लिने कमिसन छुट गर्न बाध्य भएको थियो ।काठमाडौमा राइड शेयरिङ्को अस्वस्थ प्रतिस्पर्धाको बाढी नै चलेको छ । याङ्गोले करिब अरब रुपैयाँ कमिसन बाडेको छ । पछिल्लो समय कमिसन हटाएपछी याङ्गोको ब्यबसाय सुस्ताएको छ । कमिसन लिइसकेपछी चालक हरु जता फाइदा हुन्छ उतैको एप चलाउन सुरु गरेका छन ।
याङ्गोको फेयर सस्तो भएकोले बुक गर्ने तर फोन नलिइ सङ्ख्या मात्र पुर्याउने खेल पनि कतिपयले खेलेको भन्दै गुनासो कम्पनिमा जाने गरेको थियो । यसले कम्पनिको रेपुटेसनमा प्रश्न चिन्ह उब्जेको कम्पनी निकट स्रोतले बताएको छ । राइड शेयरिङ ब्यबसायमा बिदेशी कम्पनिहरुको रुचि बढेको छ । यसले स्वदेशी पुजि पलायन गर्न थप बल पुर्याउने निस्चित छ । राइड शेयरिङ सम्बन्धी कानुन बनाएर नेपालले नै एपको बिकास गर्न सके स्वदेशी पुजिको प्रबर्द्धन बढ्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्