२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

रेविज भ्याक्सिन सिधै खरिदमा मिलेमतो आशङ्का एउटै भ्याक्सिनमा २३२ रुपैयाँ महङ्गोमा खरिद

प्रादेशिक स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र पोखराले सिधै खरिद गरेको एन्टि रेविज भ्याक्सिन (एआरभी ) टेन्डर बाट खरिद गरेको भन्दा प्रती भाइलमा २३२ रुपैयाँ महङ्गोमा खरिद गरिएको छ । प्रादेशिक स्वास्थ आपूर्ति केन्द्रलाइ बिभागको टेन्डरबाट खरिद भइ आएको भ्याक्सिनको प्रती भाइल मुल्य ३१७ रुपैयाँमा आएको पाइएको छ । केन्द्रलाई टेण्डरबाट आएको भ्याक्सिन सकिएपछि १७५० भाइल सिधै खरिद गरिएको थियो । सिधै खरिद गर्दा त्यही भ्याक्सिन ५४९ रुपैयाँ ५० पैसामा खरिद गरिएको थियो ।
बिभागले टेन्डर गर्दा पाएको मूल्य र ब्यापारी र आपूर्तिकर्ता सङ्ग सिधै खरिद गर्दाको अन्तर प्रती भाइल २३२ रुपैयाँ ५० पैसा हुन आएको छ । १७५० भाइल भ्याक्सिन टेन्डर खरिद गर्दा कुल ५५४७५० हुन आउँछ भने त्यही भ्याक्सिन सिधै खरिद गर्दा ९६१६२५ रुपैयाँ भुक्तानी गरिएको छ । प्रादेशिक स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र पोखराले सिधै खरिद गर्दा ४ लाख ६ हजार ८सय ७५ रुपैयाँ बढी भुक्तानी दिएको खुल्न आएको छ । काठमाडौको सोलुसन फर्मा नामको आपूर्ति कम्पनिबाट एआरभी खरिद गरि ९ लाख ६१ हजार ६२५ रुपैयाँ भुक्तानी दिइएको छ ।
प्रती भाइल एआरभिमा २३२ रुपैयाँ बढी भुक्तानी गरेको बिषयमा कार्यालयकी खरिद शाखा प्रमुख सिम्रन काफ्ले त्यसालाई बढी भुक्तानी दिएको भन्न नमिल्ने बताउदै उनले भनिन कम परिमाणमा किन्दा मूल्य महङ्गो पर्न जाने बताइन । रेविज भ्याक्सिन महत्त्वपूर्ण र अत्यावश्यक भएकोले महङ्गो मै भएपनी किन्नै पर्ने बाध्यता रहेको खरिद प्रमुख काफ्लेले बताइन । टेन्डर प्रतिस्पर्धाबाट किन्दा र सिधै खरिद गर्दा करिब ४० प्रतिशत महङ्गो पर्नु जायज हो कि असामान्य भन्ने बिषयमा संबंधित निकायले छानबिन गरेर खरिद कर्ता र आपूर्ति कर्तालाइ कानुनी सवक सिकाउन जरुरी देखिन्छ ।
स्मरणीय छ भरतपुर अस्पतालले ठुलो मात्रामा औषधि टेन्डर छलेर सिधै खरिद गरेको सुचना सराङ्कोटले छापे पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात घन्टा लगाएर छापा मारी कागजात र कम्प्युटर अभिलेख बरामद गरेको थियो । पोखराको आपूर्ति ब्यबस्थापन केन्द्रको कार्यालयले बोलपत्र सूचना निकाल्दा प्याकेजमा इन्जेक्टिभ आइटम राखेर एक जना सप्लायर्सलाइ लक्षित गरि टेन्डर पार्ने सेटिङ मिलाउने असफल प्रयास गरेका थिए पछि सराङ्कोटले खोजतलास गर्न थालेपछि टेन्डर सूचना सच्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्