सामाजिक क्षेत्रमा क्रियासिल दीप युनाइटेड क्लब पोखराले आयोजना गरेको खुल्ला रक्तदानमा ५४ युनिट रगत सङ्कलन भएको छ । क्लबको बार्षिक क्यालेन्डर अनुसार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष बिष्णु देवि गुरुङले बताइन ।
क्लबका अध्यक्ष बिष्णुदेवि गुरुङले ५६ औ पटक रक्तदान गरेका आजका पहिलो रक्तदाता राम बहादुर बानियालाइ ब्लड ब्याग प्रदान गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । क्लबको यो १३औ रक्तदान कार्यक्रम हो । दीप युनाइटेड क्लबको ब्यबस्थापनमा आयोजित कार्यक्रमको सयोजन सन्तोष दर्जीले गरेका थिए । कार्यक्रमलाई सफल पार्न यस भेगका विभिन्न ब्यक्ती र सस्थाले सहयोग गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले दीप युनाइटेड क्लबले यस भेगमा गरेको सामाजिक कार्यको प्रशंसा गर्दै युवाहरुले सन्चालन गरेको क्लब उदाहरणीय र अनुकरणीय रहेको बताएका थिए ।कार्यक्रम क्लबका अध्यक्ष बिष्णु गुरुङले र सन्चालन क्लबका सचिब अनिल अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्