बिन्ध्यबासिनी क्याम्पस पोखरा १६ बाटुलेचौरले त्रिभुवन बिश्वबिद्धालयमा नयाँ इतिहास रच्न सफल भएको छ । त्रिभुवन बिश्वबिद्धालयले शुक्रवार प्रकाशन गरेको बि बि एस चौथो बर्षको परिक्षाको नतिजा सार्बजनिक भए सङ्गै यो सुनौलो अबसर प्राप्त भएको हो । यो ख्याति कमाउने मुख्य पात्र बनेकिछिन निर्मला रेग्मी । उनले त्रिभुवन विश्वविद्यालयले लिएको नियमित तर्फ चौथो बर्षको बिबिएस परिक्षाको नतिजामा सर्वोत्कृष्ट विद्यार्थी बन्न सफल भएकी छिन्।
स्नातक तह, व्यवस्थापन संकायको चौंथो वर्षको परीक्षामा उनले ८८ दशमलव ६ प्रतिशत अंक प्राप्त गरी त्रिभुवन विश्वविद्यालयमा नै उत्कृष्ट बनेक खुल्न आएको छ ।यस अघिको बोर्ड परीक्षामा पनि रेग्मीले उत्कृष्ट अङ्क ल्याइ उत्कृष्ट नतिजा हासिल गर्न सफल भइ गन्डकी प्रदेशमा अग्र पङ्क्तिमा उदायकी थिईन्। क्याम्पस प्रशासनले उनको सफलतामा सम्मान गरेको थियो त्यही प्रेरणा छात्रा रेग्मीको लागि थप उत्साहमा बल पुगेको थियो ।
अनुभवी शिक्षकको सहि मार्गदर्शनलाई व्यबहारमा रुपान्तरण गर्दै अध्ययनलाइ प्राथमिकता दिएकी रेग्मी आफ्नो पुस्ताको नमुना पात्र बनेकिछन । पढ्ने इच्छाशक्ति हुनेहरुले शहरभित्रका भिडभाड हुने ठुला कलेज खोजी हिड्न नपर्ने सन्देश दिन सफल भएकिछन । प्रचारप्रसारको लागि राज्य र समाजको आखामा ओझेल परेको बिन्ध्यबासिनि क्याम्पस पोखराको उत्तरी सिरानमा रहेको छ । छात्रा निर्मला रेग्मीले हासिल गरेको अब्बल नतिजाले शहरको भिडभाड र चर्चाको रङरोगनलाइ समेत फिक्का तुल्याइदिएको छ । नतिजा हासिल गर्न क्याम्पसको स्वच्छ बाताबरण योग्य र अनुभवी शिक्षक मुख्य रहेको रेग्मीको अनुभव छ ।
नतिजामा आएको सुधारले विन्ध्यवासिनी क्याम्पस बाटुलेचौर पछिल्ला बर्षमा बिध्यार्थि र अभिभावकको आकर्षणको केन्द्र बन्दै गएको छ । न्यून शुल्कमा गुणस्तरीय शिक्षा लिन पाउने भएपछी पोखरा आसपास र बाहिरी पालिकाहरुबाट पनी बिध्यार्थी आउन थालेको क्याम्पस प्रमुख सुमन केसव पराजुली बताउछन । बिहानी शत्रको पढाइ हुने भएपछी दिउँसो रोजगार र व्यापार जस्ता आयआर्जनमा जुट्ने अबसरबाट बन्चित हुन नपर्ने भएका कारण निम्न र मध्यम बर्गिय बिध्यार्थिको गन्तब्य बन्दै गएको बिन्ध्यबासिनी क्याम्पसलाई दर्जनौ निर्मलाहरु उत्पादन गर्नुपर्ने चुनौती पनि थपिएको क्याम्पस सन्चालक समितिका अध्यक्ष दान बहादुर बानिया बताउछन । बिन्ध्यबासिनी क्याम्पसको सरक्षक सस्था बिन्ध्यबासिनी माध्यमिक बिध्यालय नेपाल सरकारको मुल्यांकनमा देशकै सर्बोत्कृस्ट घोषित बिध्यालय हो । बिध्यालयले राष्ट्रिय गौरब हासिल गरे पश्चात बिध्यबासिनी क्याम्पस पनि राष्ट्रिय छवि बनाउन केन्द्रीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्