२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

ओमोडाको शोरुमको उद्घाटन , एउटै छानामुनी “सेल्स , सर्भिस एन्ड स्पेयर पार्ट्स “

राजधानी काठमाडौ पछि पोखरा अटोमोबाइल ब्यापरको लागि सुबिधा सम्पन्न ब्यबसाय स्थल बन्दै गएको छ । काठमाडौ मा लन्च भएका नयाँ ब्रान्ड र भेरियन्टका गाडिहरुको कारोबार पोखरामा हुँदै आएको छ । यसै क्रममा यसै हप्ता पोखरास्थित शिव चोकमा सुबिधा सम्पन्न शो रुम , सर्भिस र स्पेयर पार्टको कारोबार आरम्भ भएको छ ।
ओमोडा एण्ड जेकुको आधिकारिक वितरक ईलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ओमोडा एण्ड जेकु शोरूमको औपचारिक उद्घाटन गरेको हो।  जेकु जे सिक्सको सफलता पछि इलाइट मोटर्सले सोरूम उद्घाटनसँगै नयाँ जेकु जे ५ को पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको हो। यस अवसरमा गण्डकी प्रदेशमा नयाँ जेकु जे५ पनि सार्वजनिक गरिएको छ।  पोखराको शिवचोक–१० मा अवस्थित नयाँ सोरूम ३एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा अद्यावधिक गरिएको छ ।

झण्डै २०,००० वर्गफुट क्षेत्रफलमा फैलिएको यो सोरूमले ग्राहकहरूलाई एउटै छानामुनि सबै सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत शो रुम सञ्चालनमा ल्याइएको म्यानेजिङ डाइरेक्टर शिव प्रसाद बरालले बताए । अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टरले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउनेछ, जुन ओमोडा एण्ड जेकुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको छ। सेवा प्रशिक्षकहरूलाई अनुभवी प्राविधिक तथा प्रतिनिधिहरूद्वारा विशेष प्रशिक्षण दिइएको कम्पनिले दाबी गरेकोछ।

नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शित गरिएको यो गाडी शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण लक्जरी एसयुभी वर्गमा छुट्टै पहिचान बनाउन सफल छ । जेकु जे५ का प्रमुख विशेषताहरूमा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, वर्गमै अगाडि रहेको प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज, र ४८० लिटरको बुट स्पेस जस्ता सुविधाहरू रहेको नेपाल स्थित इम्पोर्टर कम्पनी शारदा ग्रुपका प्राबिधिकले बताएका थिए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि एबम लामो समय अटोमोबाइल ब्यबसाय गरेका गन्डकी प्रदेशका माननीय मन्त्री विन्दु कुमार थापाले नेपालमा भित्रिएको चिनको बिश्वमा ख्याति प्राप्त चेरी ब्रान्डका दशकौ देखिको चर्चित उत्पादनले नेपालिहरुको मन जित्ने बिस्स्वास ब्यक्त गरेका थिए । कास्की कास्की क्षेत्र नं ३ का प्रदेश सभाका सासद  प्रकाश बरालको उपस्थिती रहेको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदा, निर्देशक  गौरव शारदा, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू र ओमोडाका उत्साही शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।

ईलाइट मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक  गोपाल बरालले भने, “पोखरा हाम्रो लागि प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई हामीले पुनः सुनिश्चित गरेका छौँ। जेकु जे५ हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्ने हाम्रो मिशनको प्रतीक हो।”
पछिल्लो समय नेपालमा भित्रिएका बिधुतिय सवारीसाधनको बजार ह्वात्तै बढेको छ । त्यसमा पनि भर्खर उत्पादन र सेवा सुरु गरेकाहरुका कारण लगानिको सुरक्षाको बारेमा आलोचना सुरु भएका छन । कुन गाडी सफल ब्राण्ड हो कुन ट्रायलमा छन भन्ने कुरा स्पस्ट भएर मात्र खरिद गर्न आवश्यक देखिन्छ । बडि ब्याट्री र सुबिधाको बारेमा एकिन जानकारी लिएर मात्र इभि सवारीसाधन किन्न सवारी पारखिहरुलाइ ओमोडा , जेकु जे ब्रान्ड पोखराका आधिकारिक बिक्रेता शिव प्रसाद बरालले आग्रह गरेका छ । ढिला होस तर बुझेर किन्नुस बरालले भने ।

प्रतिक्रिया दिनुहोस्