विभिन्न राजनीतिक दल त्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टिमा आउने क्रम देशै भर बढेको समाचार सार्बजनिक भइरहेको छ । यसै क्रममा कास्कीका विभिन्न पालिकाहरुमा सत्ताधारी दल एमाले र काङ्ग्रेस दल त्याग गरि रास्वपामा आउने लहर चलेको छ । केहि दिन अगाडि पोखरा ८ नम्बर वडामा काङ्ग्रेस एमालेका ३ सय बढी कार्यकर्ता र शुभेच्छुकहरु रास्वपा प्रबेश गरेका थिए ।
यस्तै माछापुच्छ्रे गाउपालिका वडा नम्बर २ मा आइतबार एक भेलाको आयोजना गरि रास्वपा वडा समिती गठन गरिएको छ । छबिलाल गुरुङको सयोजकत्वमा ७ सदस्यीय वडा कमिटी गठन भएको छ । सह सयोजकमा धनबिर गुरुङ , सचिबमा कल्याण ताम्राकार , सर्बसम्मत चयन भएकाछन यस्तै सदस्यहरुमा बिष्णु बि क , गङ्गा आचार्य , कृष्ण प्रसाद बास्तोला र शेर बहादुर गुरुङ चयन भएकाछन । कतिपय काङ्ग्रेस र एमालेका कार्यकर्ता र शुभेच्छुकहरु बाहिर नखुलेपनी रास्वपामा समर्थन गरेका छन ।
निर्बाचित सयोजक छबिलाल गुरुङ नेपाली काङ्ग्रेस माछापुच्छ्रे २ का का बा उप सभापति हुन । आज रास्वपा प्रबेश गर्ने गिरिधारी आचार्य एमालेबाट पुर्ब वडा अध्यक्ष भएका ब्यक्ती हुन । हर्क बहादुर घर्ती पुर्ब गा बि स अध्यक्ष हुन भने टेकराज आचार्य नेपाली काङ्ग्रेस का कार्यकर्ता हुन ।लाल बहादुर बिक र कल्याण ताम्राकार एमालेका कार्यकर्ता थिए उनिहरु एमाले पार्टी परित्याग गरि रास्वपामा प्रबेश गरेका हुन ।
आइतबारको वडा कमिटी गठन भेला र पार्टी प्रबेश कार्यक्रममा रास्वपा कास्किका सभापति यदुनाथ अधिकारी , महानगर सभापति नारायण आचार्य , माछापुच्छ्रे गापाका सभापति भुपेन्द्र कुवर सहितको उपस्थिति रहेको थियो । रास्वपा गठनमा बोल्दै सभापति अधिकारीले जिल्लाका विभिन्न पालिका र वडा वडामा सङ्गठन बिस्तार कार्यक्रमलाई अभियानकै रुपमा लैजाने बताए । अबको राजनितिमा बैकल्पिक शक्ति रास्वपा नै भएकोले आम जनताको साथ रहेको महानगर सभापति नारायण आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्