देशको ठूलो यात्रुबाहक यातायात व्यावसायि
कम्पनीको अग्रपंक्तिमा रहेको पृथ्वी राजमार्ग बस सन्चालक कम्पनी प्रालिको तेश्रो अधिबेसनको तयारी तिब्र रुपमा अगाडि बढेको छ । निर्बाचन हुन एक हप्ता मात्र बाकी रहदा नेतृत्वको लागि अध्यक्ष आकाङ्क्षिको तिब्र दौड सुरु भएको छ । यसपटकको चुनाबमा ब्यबसायिको हकहितमा लढ्ने भन्दा पनि पार्टिको प्रतिनिधिको रुपमा लड्नेहरुले उम्मेदवारी दिने सकृय तयारी गरेका छन ।
सताधारी दलका तर्फबाट एमाले निकटका प्रेम कार्की , काङ्ग्रेसको तर्फबाट बिज्ञान श्रेस्ठ , माओबादी केन्द्रबाट ऐन कुमार शाइ र राष्ट्रिय स्वतन्त्र पार्टिबाट हालका अध्यक्ष योगेन्द्र केसी निर्बाचनको मैदानमा आउने भएका छन । ब्यबसायीहरुले आफ्नो हितमा लड्नेलाई जिताउने सोच बनाइसकेका छन । ब्यबसायमा चुनौती थपिदै गएको छ । करिब १४ सय शेयर सदस्यले मतदान गर्ने अधिकार राख्छन ४ जना उम्मेदवार बनेको खन्डमा करिब ४ सय मत ल्याउने ब्यबसायीले नेतृत्व हात पार्ने बुझिएको छ ।

दुइपटक अध्यक्ष बनेका योगेन्द्र केसिलाइ ब्यबसायिले अझै एकपटक मौका दिने अबस्था रहेको उनका शुभचिन्तकहरुले बताएका छन । कानुन व्यावसायि समेत रहेका योगेन्द्र केसि व्यावसायिको हितमा केन्द्र सम्म लड्न सक्ने पात्रको रुपमा मानिन्छन ।
हामि सङ्गको भेटमा पनि उनले अध्यक्ष लढ्ने सुनाए । ३ वटा गाडिबाट सुरु भएको यो सस्था आज यहाँ सम्म ल्याइपुर्याउदा धेरै पसिना बगाएको उनले दाबी गरे । अहिले १४ सय करिब गाडी रहेको कम्पनिमा ४२ सय नेपालिले रोजगार पाएको उनले बताए । कम्पनिले स्वरोजगार व्यावसायि र शेयर सदस्यलाइ आफुले समय सापेक्ष न्याय गरेको बताउदै उनले भने औषधि उपचार , २० लाख सम्मको बिमा , दुर्घटनामा करोड सम्मको राहत दिने ब्यबस्था मिलाएको उनले प्रस्ट्याए ।
यातायात सहकारीबाट ३ सय व्यावसायिलाई सर्ब सुलभ ॠण , ७० जना चालकका छोराछोरीलाई मासिक छात्रवृत्ति , सस्थागत बिमा , प्रशासनिक सेवामा सहजता पुर्याएको दाबी गर्दै अध्यक्ष केसिले भने अब कम्पनिले आफ्नै ग्यारेज खोलेर सर्बसुलभ सेवा दिन्छ । ब्यबसायिले नेतृत्व छान्दा दलको इशारामा चल्ने पात्र छान्नेकी व्यावसायिको पक्षमा लढ्ने पात्र छान्ने उहाँहरुको बिवेकको कुरा हुने केसीले बताए । आफुले ब्यबसायिको हितमा लडेकोले ब्यबसायिले त्यसको मुल्यांकन गर्नेमा आफू बिस्वस्त रहेको केसिले सुनाए ।
यता अधक्ष्यका अरु प्रत्यासी सङ्ग प्रतिक्रिया लिन खोज्दा उनिहरुले आफ्नो माउ दलको राय सुझाव र निर्णय लिएपछी मात्र बोल्ने बताएका थिए । पार्टिको इशारा र अङ्क गणितको खेलले व्यावसायिक सस्थालाइ कता पुर्याउने हो भन्ने थप चिन्ताको बिषय बनेको छ । यातायात ब्यबसायिको चुनाबमा पक्का व्यावसायिले जित्न जरुरी छ नकि दलका प्रतिनिधिले होइन । पछिल्लो समय मतदाता यातायात व्यावसायिमा आएको सचेतना र जागरुकताले आफ्नो हित र सरक्षण कसले गर्छ भन्ने बुझेकै छन । व्यावसायिक हित र लगानिको सुरक्षा काम गर्नेलाइ मतदान गरि जिताउने तर्फ शेयर सदस्यको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्