थोरै पैसा खर्च गरेर फार्मेसी र एच ए पढ्न मन छ ? छ भने अब पिर नगर्नुस तपाइँको इच्छा पूरा गर्न पोखरा महानगरपालिका अग्रसर भएको छ । हो पोखरा महानगरपालिका द्वारा संचालित गन्डकि बहु प्राबिधिक शिक्षालय लेखनाथमा यी दुई बिषय पढाउन सिटिइभिटी द्वारा थप सम्बन्धन प्रदान गरेको छ । चालू शैक्षिक सत्र देखि डिप्लोमा तहमा एच ए र फार्मेसीको पढाइ सुरु हुने निस्चित भइ भर्नाको सुचना प्रकाशन गरिएको छ ।
सिटिइभिटिले बिहिबार बाट भर्ना खुलाउन अनुमती दिएकोले भर्नाको सुचना निकालिएको शिक्षालयका लेखा अधिकृत रविन्द्र अधिकारीले बताए , उनका अनुसार भाद्र २५ गते भित्र शिक्षालयको कार्याल,भन्डारढिकमा आबेदन फार्म बुझाइसक्नुपर्नेछ । यी दुई बिषय पढ्न जम्मा २ लाख ३५ हजार मात्र लाग्ने सूचनामा जनाइएको छ , प्रत्यक बिषयमा ४०/४० जना बिध्यार्थीको सिट निर्धारण गरिएको छ । हाल सम्म नेपालमा पढाई भइरहेको मध्य शुल्क सबै भन्दा सुपथ हो । त्यसमा पनि महानगरले लक्षित बर्गलाई छात्रवृत्ति समेत दिनेछ । ३ बर्षको कोर्ष पढाइ हुने एच ए र फार्मेसी लाई रोजगारमुलक प्राबिधिक शिक्षा मानिन्छ । अन्य कलेजमा पढ्दा लाग्ने शुल्कको आधा खर्चमा व्यावसायिक प्राबिधिक शिक्षा पढाउन पोखरा महानगरले बिगत ४ बर्ष देखि आफ्नै लगानिमा प्राबिधिक शिक्षालय खोलेको छ ।
डिप्लोमा तहको शिभिल इन्जिनियर , अटोमओबाइल इन्जिनियर फरेस्ट र जिओ (अमिन) कोर्ष पढाइ हुँदै आएकोमा यो बर्ष बाट एच ए फार्मेसी थपिएको हो । महानगरका मेयर धनराज आचार्यले अब पिसिएल नर्सिङ बिषय थप्न विशेष पहल गर्ने बताएका छन । पोखरालाइ चाहिने जनशक्ति उत्पादनमा पोखरा महानगरपालिकाले देखाएको सकृयता अनुकरणीय रहेको छ । सर्बशुलभ रुपमा प्राबिधिक शिक्षा पढ्न इच्छुक नागरिकको लागि सुनौलो अबसरको रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्