२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

फेदिखोला गाउपालिकाले गर्यो नतिजा विश्लेषण , गुणस्तर सुधारको अपेक्षा

स्याङ्जाको फेदिखोला गाउँ पालिकाले गाउँपालिकाको आयोजनामा शैक्षिक सत्र २०८१ को आधारभूत तह (कक्षा – ५) को समग्र नतिजा विश्लेषण कार्यक्रम सम्पन्न गरेको छ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवीन थापा को अध्यक्षतामा सञ्चालित कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको प्रमुख आतिथ्यता,उपाध्यक्ष देऊ कुमारी गुरुङ,जिल्ला समन्वय समितिका सदस्य निरमाया कार्की,वडा अध्यक्ष हरु को विशेष उपस्थिति, फेदीखोला गाउँपालिका भित्र रहेका १९ सामुदायिक विद्यालय का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष,प्र. अ,विषयगत शिक्षक , शिक्षक,कर्मचारी हरु को उपस्थितिमा नतिजा विश्लेषण गरिएको थियो।
कार्यक्रममा शिक्षक हरुले आफ्नो विषयको नतिजा प्रस्तुत गर्नुभएको थियो नतिजा प्रस्तुत पश्चात विषय अनुसार शिक्षक हरुको ७ टीम टीम ,प्र.अ हरुको आफ्नो टीम ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष हरुको आफ्नो आफ्नो टीम गरी १० टीम बनाएर नतिजामा छलफल गरेका थिए । छलफलमा
– नतिजा राम्रो आउनुका कारण
– नतिजा कमजोर आउनुका कारण
– नतिजा सुधारमा विद्यालय व्यवस्थापन समितिको भुमिका,
– शिक्षक अभिभावक संघको भुमिका
– प्र .अ को भुमिका
– गाउँपालिका प्रतिको अपेक्षा
– नतिजा सुधारमा शिक्षक को आफ्नो प्रतिबद्धता
आफ्नो आफ्नो समूहले यी विषय प्रस्तुत गरेका थिए।

शैक्षिक सत्र २०८१ बाट शैक्षिक गुणस्तर बढाउने उद्देश्यले आधारभूत तह कक्षा – ५ को गाउँपालिका स्तरीय परीक्षा सञ्चालन गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी ज्यू ले शैक्षिक क्षेत्रमा गुणस्तरीयता कायम गर्नका लागि ,समस्या पहिचान गर्नका लागि शिक्षा को एक्सरे को रुपमा लिइएको थियो ।
आफू निर्वाचन भएर आएपछि शैक्षिक क्षेत्रमा वार्षिक बजेटको ४० प्रतिशत नघट्ने गरी पहिलो प्राथमिकतामा शैक्षिक क्षेत्रलाई राख्दै आइरहेको र शिक्षकलाई प्रविधि मैत्री बनाउँदै आधुनिक शैलीको पठन पाठन गराउन एक शिक्षक एक ल्यापटप कार्यक्रम,शिक्षक प्रोत्साहन जस्ता कार्यक्रम हरु ल्याएको बताउनु भयो शिक्षामा चार प (प्रविधि,पूर्वाधार,पाठ्यक्रम,प्रोत्साहन ) को नीति लिएर स्थानिय सरकार अगी बढिरहेको र
यसै आर्थिक वर्ष बाट शिक्षक हरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै शिक्षक को मनोबल बढाउँदै शैक्षिक गुणस्तर बढाउन लागि परिरहेको बताउँदै लगानि अनुसार को प्रतिफल रिजल्ट बाट सन्तुष्ट हुन सक्ने खालको नरहेको ले शिक्षक,विद्यार्थी,अभिभावक सबै को साथ सहयोगकामा शिक्षा को थप गुणस्तर बढाउन आग्रह गरेका थिए ।

पालिका ले यस्तो खालको कार्यक्रम ल्याएर सबैलाई छलफलमा समेटेर पालिका प्रतिको अपेक्षा समेत राख्न दिएकोमा शिक्षक हरु,ब.व्य स अध्यक्ष , शी. अ.स अध्यक्ष हरुले गाउँपालिका प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिन हरुमा नतिजा दर बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
माध्यमिक तह अन्तर्गत कक्षा ८, SEE र +२ को नतिजा विश्लेषण भाद्र २० गते गरिएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका पूर्व प्रमुख उपसचिव बाट अवकाश प्राप्त विज्ञ गुरूप्रसाद पौडेलले नतिजा विश्लेषण को सहजीकरण गर्दै आवश्यक सल्लाह सुझाव दिनुभएको थियो। नतिजा बिश्लेशण पश्चात् शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्