२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

हक्की पुर्ब प्रधान न्यायाधीश सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री , ससद बिघटन ,

ससद बिघटन गर्ने सहमती भएपछी पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने निर्णयमा सहमति भए बमोजिम सुशिला कार्किलाइ नेपालको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। आजै राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई सपथ गराएका छन ।
शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो । जेनजी आन्दोलनको माग बमोजिम कार्की सरकार प्रमुखमा नियुक्त भएकिहुन ।

सितलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।

आज दिनभर ससद बिघटनका बारेमा कुरा नमिलेपछी आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएका थिए । दवाब आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताएका थिए तर ठुला भनिने दलले असहमति जनाउदै संविधान बाटै निकास खोज्नुपर्ने बताउदै आएका थिए ।
२७ घन्टामा सत्ता ढाल्न सफल जेनजी आन्दोलनले नेपालमा नयाँ अध्याय सुरु भएको छ ।आन्दोलनरत पक्ष जेनजीका अभियन्ता पनि मन्त्री भएकाछन ।

प्रतिक्रिया दिनुहोस्