सिराहा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षा विकास तथा समन्वय इकाइ सिराहाले सब इन्जिनियरलाई आर्थिक अनियमितता गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ।
इकाइका सूचना अधिकारी पुष्कर गैरपिप्ली द्वारा जारी सूचना पत्रमा सब इन्जिनियर इन्द्र आनन्द चौधरीलाई आफुले बुझेको पेश्की बिल भरपाइ सहित फर्च्योट गर्न र हिसाब रकम दाखिला गर्न भनिएकोछ ।

सुचना अभियन्ता पर्शुराम शाहले मागेको तालिम खर्छ सम्बन्धी सुचनामा इकाइको जवाफी पत्रअनुसार आर्थिक वर्ष २०८०/८१ मा ललित (नयाँ पाठ्यक्रम कार्यान्वयन तथा स्थानीय तहको योजना तर्जुमा प्रतिवेदन) सम्बन्धी कार्यका लागि पेश्की लिइएको भए पनि हालसम्म फर्छ्योट नगरिएको जनाइएको छ। कार्यक्रममा कार्य सम्पन्न भएको देखिए पनि आन्तरिक लेखा परीक्षण तथा महालेखा परीक्षकको परीक्षणका क्रममा आवश्यक कागजात, बिल, फाँटवारी तथा प्रतिवेदन पेश नगरिएको कार्यालयले जनाएको छ।
कार्यालयले पटक–पटक सम्पर्क गर्दा समेत सम्बन्धित पक्ष सम्पर्कमा नआएको र नियमअनुसारको प्रक्रिया पूरा नगरेको भन्दै अब नियमानुसार कारबाही गरिने चेतावनी दिएको छ।
२०८३ वैशाख २५ गते प्रकाशित सूचनामा सम्बन्धित कम्पनीका सञ्चालक इन्जिनियर इन्द्र आनन्द चौधरीलाई समयमै सम्पर्कमा आउन तथा आवश्यक कागजात बुझाउन अनुरोध गरिएको छ। शिक्षा बिकाश तथा समन्वय इकाइ सिराहाले तालिमको नाममा सब इन्जिनियर चौधरीलाई दिएको जिम्मेवारीमा आर्थिक कैफियत भएको बिषयमा भुसको आगो जस्तै बाहिरिएपछी पर्शुराम शाहले सुचना माग निबेदन गरेका थिए । अहिले सम्म चुपचाप बसेका इकाइका कर्मचारीहरु सुचना मागेपछी हतारमा पत्राचार गरेर हर हिसाब खोजेकाछन । यसमा करिव १० लाख भन्दा बढी रकम गोलमाल भएको आशङ्का उब्जिएको छ । कार्यक्रम पार्ने तर नगरी श्रेस्था मिलान गरि अपचलन गरेको हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्