२०८३ जेष्ठ १५
०६१४४५०००, ९८५६०३३३९१

बालेन सरकारको पहिलो मिसनको पोखरामा सकारात्मक असर, फिर्के खोलाले न्याय पायपछी पालो बसपार्कको

यदुनाथ वन्जारा

सत्ताको उन्माद र स्वार्थको रोटि सधै सेकिदैन र पाक्दैन । शक्ति सधै आफ्नो मुट्ठिको बसमा पनि रहदैन भन्ने कुरा न नेपालका नेताले बुझे न नेताका आसेपासेले नै अन्दाज गर्न सके । गाउको घर जग्गा बाझै छोडेर सहर झरेका हुन या विभिन्न सामाजिक र ब्यबसायीक सस्थाका घर , अफिस र बनाउन प्रकृतिको दोहन गरे । खोला नदिको अस्तित्व नै निमिट्यान्न पार्ने दुस्साहस गरे अन्तत: पुर्पुरोमा हात लगाएर घोत्लिन बाध्य भए ।

पोखरा–१८ सराङकोटको फेदी अँधेरीकुनादेखि मध्प शहरबाट बग्दै वडा नम्बर १७ सँग जोडिएको गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्के खोलाको किनार धेरै स्वार्थ समुहको ढोलक बन्यो । सकेजती बजाए । करिब ८ किलोमिटर बग्ने फिर्केखोला पछिल्ला दशकमा चपेटामा पर्ने क्रमको विकासमात्रै भएन सधैं चर्चा र विवादको केन्द्रमा पनि रहँदै आएको थियो ।

राजनीतिक स्वार्थको चङ्गुलमा परेर हुँदा फिर्केको खोला घरभित्रै १६० संरचना बनेका थिए । पोखरा महानगरले पटक पटकको छलफल डाक्यो , तर सत्ताको दम्भ र सरक्षणको महारोगले फिर्केको दोहन गर्यो । २०४७ साल पछि सक्तिमा उदायका राजनितिक दल र तत्कालिन सरकारले न फिर्के बुलौदी खोला घर जोगायो न बसपार्कको लागि अधिकरण गरिएको सरकारी जग्गा नै जोगाउन सक्यो । आफ्ना आसेपासे कार्यकर्तालाई राख्ने अखडा बनाइयो त्यो नै आज आएर बिजोक बनाइदियो ।
बालेन नेतृत्वको संघ सरकार स्थापना भए लगतै सुरु भयो शासकीय सुधारका काम । अनियमितताको डुङ्गुरमा पुरिएको देशलाइ निकास दिन तेजाव भएर अगाडि आएपछि देशभर तरङ्ग उब्जिएको छ । देशका अधिकास पालिकाहरु अनियमितताको बिपक्षमा काम अगाडि बढाउन बाध्य भएका छन ।
पर्यटकिय नगरी पोखरा पहाडि जिल्लाको केन्द्र बिन्दु हो । विभिन्न जिल्लाबाट आफ्नो जग्गा बाजो छोडेर सहर पसेकाहरुलाइ राजनितिको छाता ओडेको भरमा बसपार्क र आसपासका खोला नाला र चोकहरुमा गिद्दे नजर लगाए र कब्जा गर्न थाले ।

अहिले खोला घरभित्र निर्माण भएका संरचनामा मात्रै डोजर लगाइएको हो । यो खोलाको १० मिटरबाट घटाएर ६ मिटरमात्रै मापदण्ड तय गरिएको छ । त्यो मापदण्ड लगाउने हो भने पनि ३०० संरचना यसभित्र पर्ने महानगरकै अध्ययनले देखाएको छ ।

अबको मिसन बसपार्क

पोखरामा सबैभन्दा जकडिएको अतिक्रमण समस्या पोखरा बसपार्कको हो । २०३१ सालमा अधिकरण गरेको २०५ रोपनी जग्गा कथित सुकुम्बासीले हडपेर २५ रोपनिमा झारेकाछन । यसमा पोखरा उपत्यका नगर बिकास समितिको हात रहेको छ । समिती नगर बिकास होइन घडेरी बिकासमा आएको पुष्टि हुन आएकोछ । छोरालाइ अन्श दिए जसरी कौडिको मुल्यमा जग्गा बाडिएको थियो जसको असर अहिले पोखराले भोगेको छ ।
जग्गा भाडामा लगाउने अनि राज्य दोहन गर्ने कार्य दशकौ देखि हुँदै आएको छ । जसरी काठमाडौका सुकुम्बासी बस्ती खाली गरियो त्यसै गरि पोखरा बसपार्क खाली गरिनुपर्छ । छानबिन गर्ने हो भने पोखरामा ५ प्रतिशत सुकुम्बासी पनि नरहन सक्छन । पोखरा महानगपालिका र स्थानिय प्रशासनको पहलमा सुकुम्बासी बस्ती हटाएर बसपार्क बनाउन कुनै पनि सम्झौता गरिनु हुन्न ।

हङ्कङ बजार अगाडिको बाटोमा भाडा लगाएर खानेसहारा क्लब देखि ट्राफिक कार्यालय सम्मको जग्गा किन ५० अन्तरगतको बाटो हो । बैकल्पिक बाटो खुलाउन पनि ती घरहरु भत्काउन जरुरी छ । अहिलेसम्म जरा गाडेर बसेकाहरु बालेन सरकारले कसैको सरक्षण गर्ने नदेखिएपछी ब्यापारिहरुले ठाउँ छोड्दै गएका छन । कानुनको अगाडि सबै खाले अतिक्रमणकारिहरुको ओठ तालु सुकेको छ नुर गिरेको छ । यी अतिक्रमण हटेपछी अमरसिङ चोकको नागिन टोल , अस्पताल चोक , देखि विभिन्न चोक र खोलानालाको सफाइ गर्नु पर्छ । ( २०८३/०२/१२ को सराङ्कोट साप्ताहिक बाट )

प्रतिक्रिया दिनुहोस्