पोखाराको पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि सरकारी जग्गा मिचेर बनाइएका संरचनामा डोजर चलेको छ । दलिय ट्रेड युनियनहरु , शाहरा क्लव , हिसाप , सामुदायिक लगायतले दशकौ देखि बाटोको जग्गा कब्जा गरि सटर भवन बनाइ भाडाको खेती गरेका थिए । नापिको रेकर्डमा उक्त जग्गा कि न ५० बाटो उल्लेख छ ।

पोखरा महानगरपालिकाले आज डोजर चलाएको हो ।
यसअघि महानगरले संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । अब त्यो बाटो बैकल्पिक बाटो कायम हुनेछ । बिधिको पक्षमा यतिखेर धमाधम काम भैरहेको छ । फिर्केको अतिक्रमण हटाउने काम पनि भैरहेको छ । यश लगत्तै पृथ्वीचोक बसपार्कको सुकुम्बासी बस्ती हटाउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्